कांग्रेस नेता कलौनीको हत्या भएको परिवारको दाबी, गृहमन्त्री पुगे कञ्चनपुर « Khabarhub

कांग्रेस नेता कलौनीको हत्या भएको परिवारको दाबी, गृहमन्त्री पुगे कञ्चनपुर


१९ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


13.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेस कञ्चनपुरका भीमदत्त नगर सभापति अच्युतराज कलौनीका बुवा जनकराज कलौनीले छोरालाई हत्या गरेर फालेको आशंका गरेका छन् । 

गृहमन्त्री रमेश लेखकसँग शनिबार महेन्द्रनगरमा भएको भेटमा कलौनीले छोरा अच्युतको हत्या गरेको हुन सक्ने आशंका गरेका हुन् । 

‘घटना कतै भएर फालेको हो कि भन्ने शंका छ,’ कलौनीले गृहमन्त्री लेखकसँग भने, ‘नाम तोक्ने त कसको तोक्ने । राती ३ बजे हिँडेर आएको छ, कसैले, गर्ने (घटना) मान्छेले बोलाएको हो कि ?’  

कांग्रेसका नगर सभापति अच्युत शनिबार बिहान भीमदत्त नगरपालिका–१८ को वडा कार्यालय नजिकै सडक पेटीमा मृत अवस्थामा फेला परेका थिए । उनको शव पोस्टमार्टमका लागि अहिले महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ । 

गृहमन्त्री लेखकसँगको कुराकानीमा कलौनीले आफ्नो छोराको शव फेला परेको स्थानमा रहेका घर लामो समयसम्म बाँझो रहेको र घरको बारेमा थाहा हुनेले हत्या गरेर फालेको हुन सक्ने पनि बताए । 

अच्युत शनिबार बिहान फेला परेको स्थानमा शीत भए पनि छोराको शरीरमा शीत परेको नदेखिएको पनि कलौनीले गृहमन्त्री लेखकसँग दुःखेसो गरेका छन् । छोराले प्रयोग गर्ने मोबाइल फोन नभेटिनुले पनि थप आशंका उत्पन्न गरेको उनको भनाइ छ ।  

यसैबीच गृहमन्त्री लेखकले कञ्चनपुरका प्रहरी उपरीक्षक चक्रराज जोशीसँग घटनाका बारेमा जानकारी लिएका छन् । गृहमन्त्री लेखकसँगै रहेका कांग्रेस कञ्चनपुरका सभापति पदम बोगटीले भने, ‘गृहमन्त्रीज्यूले एसपी–डीएसपीसँग घटनाबारे जानकारी लिनुभयो । घटनालाई सबै कोणबाट अनुसन्धान गर्न भन्नुभयो ।’

प्रकाशित मिति : १९ माघ २०८१, शनिबार  ६ : २१ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा