'सुकुम्बासीलाई जमिनको मालिक बनाउन भूमिसम्बन्धी ऐन संशोधन' | Khabarhub Khabarhub

‘सुकुम्बासीलाई जमिनको मालिक बनाउन भूमिसम्बन्धी ऐन संशोधन’


१९ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एमाले) की सचिव पद्मा अर्यालले भूमिहीन नागरिकलाई जमिनको मालिक बनाउन अध्यादेशमार्फत भूमिसम्बन्धी ऐन संशोधन गरिएको बताएकी छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले भूमिहीन सुकुम्बासीहरुलाई भूमिको मालिक छिटोभन्दा छिटो बनाउन सकियोस् भन्ने मनशायका साथ धेरै चिजमा हात नहालीकन कामलाई छिटो छरितो बनाउने हिसाबले भूमि ऐन संशोधन भएको बताइन्। 

अव्यवस्थित बसोबासीहरुलाई पनि निश्चित रकम लिएर जमिन उपलब्ध गराउने उनले बताए । त्यस्तै, विदेशी लगानी भित्र्याउन, जनतालाई सरकारबाट प्रदान गरिने सेवाहरू छिटोछरितो तरिकाले  प्रदान गर्न अध्यादेश ल्याइएको उनको भनाइ छ । उनले सामाजिक सञ्जाल नियमन विधेयकको सन्दर्भमा आफूहरूको ध्यानाकर्षण भएको बताए ।

सचिव अर्यालले उक्त विधेयक नियमनको निम्ति बनाइएको र नियन्त्रणका लागि नभएको जिकिर गरिन् ।

अध्यादेशमार्फत कानुन संशोधन भएपछि निजी क्षेत्र र आइटी क्षेत्रका लगानीकर्ताहरू खुसी रहेको उनले बताइन्।

प्रकाशित मिति : १९ माघ २०८१, शनिबार  ६ : ५३ बजे

ट्रम्पको नयाँ शुल्क घोषणा : औषधि, ठूला ट्रक र फर्निचरमा कर

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार आफ्नो विश्वव्यापी व्यापार युद्धलाई

नारायणगढ–मुग्लिन सडकखण्डमा सहज रूपमा यातायात सञ्चालन

चितवन– एक सातामा पटकपटक गरी १०५ घण्टा अवरुद्ध भएको नारायणगढ–मुग्लिन

पहिरो र चाडपर्वका कारण हवाई यात्रु बढे

चितवन– नारायणगढ–मुग्लिन सडकखण्डसँगै पृथ्वी राजमार्गमा पटकपटक पहिरो खसेसँगै हवाई यात्रा

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार स्थानीय बजारमा सुनको

आठ हजारभन्दा बढी कैदीबन्दी कारागारमा फर्किए

काठमाडौं– देशका २८ वटा कारागार र नौ वटा सुधारगृहबाट भागेका