टाइगर कप भलिबलः गण्डकी फाइनलमा « Khabarhub

टाइगर कप भलिबलः गण्डकी फाइनलमा


१९ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

कास्की – टाइगर कप राष्ट्रिय तथा अन्तरराष्ट्रिय आमन्त्रित महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ गण्डकी प्रदेश फाइनलमा प्रवेश गरेको छ । गण्डकी प्रदेश भलिबल सङ्घद्वारा पोखरा रङ्गशालामा आयोजित प्रतियोगितामा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै घरेलु टोली गण्डकी फाइनलमा प्रवेश गरेको हो ।

पोखरा रङ्गशालामा आज दोस्रो क्वालिफायरको प्रतिस्पर्धात्मक खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबमाथि ३–१ सेटको जित निकाल्दै गण्डकी उपाधि नजिक पुगेको हो । गण्डकीले आइतबार अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । खेलमा पहिलो सेट २५–१६ ले आफ्नो पक्षमा पारेको गण्डकीले दोस्रो सेट २२–२५ ले आर्मीलाई सुम्पियो ।

तेस्रो र चौथो सेटमा गण्डकी पुनः उत्कृष्ट प्रदर्शन गर्न सफल भयो । गण्डकीले तेस्रो सेट २५–१५ र चौथो सेट २५–१९ ले आफ्नो पक्षमा पारेको हो । गण्डकीसँग पराजित भएको आर्मीले तेस्रो स्थानमा चित्त बुझाएको छ । तेस्रो बनेको आर्मीले रु एक लाख ८५ हजार पाँच सय ५५ प्राप्त गरेको आयोजकले जनाएको छ ।

यसैगरी, आजै सम्पन्न भएको महिलातर्फको दोस्रो क्वालिफायरको खेलमा टिपटप न्यू डायमन्ड स्पोट्स क्लबमाथि जित निकाल्दै आयोजक टाइगर ग्रुप अफ पोखरा फाइनलमा पुगेको छ । न्यू डायमन्डलाई आयोजक टोलीले ३–१ सेटले पराजित गर्न सफल भयो ।

पहिलो सेट १६–२५ ले गुमाएको आयोजक टाइगर ग्रुपले दोस्रो, तेस्रो र चौथो सेटमा उत्कृष्ट पुनरागमन गर्दै फाइनलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लबसँगको भेट पक्का गरेको हो । टाइगर ग्रुपले दोस्रो सेट २५–१९, तेस्रो २५–१५ र चौथो सेट २५–२३ ले आफ्नो पक्षमा पा¥यो । आयोजक टोलीले अब उपाधिका लागि आइतबार एपिएफसँग खेल्नेछ ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा भइरहेको प्रतियोगिताको च्याम्पियन टोलीले महिला तथा पुरुषतर्फ समान नगद रु पाँच लाख ८५ हजार पाँच सय ५५ पाउनेछन् । द्वितीय टोलीलाई समान रु दुई लाख ८५ हजार पाँच सय ५५ र तृतीय टोलीले रु एक लाख ८५ हजार पाँच सय ५५ ट्रफी र मेडल प्राप्त गर्नेछन् ।

महिला तथा पुरुष दुवैतर्फ सर्वोत्कृष्ट बन्ने खेलाडीले जनही रु २५ हजार सात सय ७७ पाउनेछन् भने दुवैतर्फ विधागत उत्कृष्ट ठहरिने खेलाडीलाई जनही रु १० हजार पाँच सय ५५ का दरले पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : १९ माघ २०८१, शनिबार  ९ : ५७ बजे

आज २०८३ साल असोज ३० गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ३० गते शुक्रबार सन् २०२६

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी