प्रयागराज महाकुम्भबाट फर्किंदै गरेका पाँच नेपालीको दुर्घटनामा परी मृत्यु « Khabarhub

प्रयागराज महाकुम्भबाट फर्किंदै गरेका पाँच नेपालीको दुर्घटनामा परी मृत्यु


१९ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


462
Shares
  • change font
  • change font
  • change font

जलेश्वर – भारत, उत्तरप्रदेशको प्रयागराजमा महाकुम्भ स्थान गरेर फर्किरहेका पाँच नेपालीको दुर्घटनामा परी मृत्यु भएको छ ।

त्रिवेणी स्नान गरेर घर फर्किँदै गरेका पाँच जनाको महोत्तरीसँगै जोडिएको भारतको मधुवनीमा आज दिउँसो स्कारर्पियो दुर्घटनामा गरी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

मृत्यु हुनेमा महोत्तरीको जलेश्वर नगरपालिका–७ बस्ने ६० वर्षीय बालकृष्ण झा, उहाँकी पत्नी ५० वर्षीया इन्दु देवी, जिल्लाको मनरासिश्वा नगरपालिका–२ बस्ने ५० वर्षीया मनतारन देवी र धनुषा जिल्लाको गङ्गुली बस्ने भाञ्जी ३० वर्षीया अर्चना झा रहेका छन् ।

गाडी चालक सिरहा घर भएको नाम, थर नखुलेका एक व्यक्ति रहेका जलेश्वर नगरपालिका–७ का वडा सदस्य सुल्तान कवारीले जानकारी दिए ।

सोही घटनामा परी मृतक बालकृष्णका भाञ्जा ३० वर्षीय मनोहर ठाकुर, भाञ्जी २५ वर्षीया कामिनी झा, बहिनी ५० वर्षीय जगतारण देवी र नातिनी सात वर्षीया सृष्टि झा गम्भीर घाइते भएका छन् भने उनीहरूको मुजफ्फरपुरमै उपचार भइरहेको खबर प्राप्त भएको वडा सदस्य कवारीले बताए । उनीहरू सबैजना एकैपरिवारका रहेका छन् ।

उनीहरु सवार बी आर३२पी ए ४६६१ नम्बरको गाडी मुजफ्फपुरको सदरथाना क्षेत्रको मादापुर सडकमा रहेको मधुवनी मन्दिर नजिकै दुर्घटना भएको थियो । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी उपरीक्षक सन्तुलालप्रसाद जैसवारले पाँच जना मृत्यु भएको र चार जना घाइते भएको खबर आए पनि विस्तृत विवरण प्राप्त नभएको बताए ।

प्रकाशित मिति : १९ माघ २०८१, शनिबार  १० : ३४ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा