ट्रम्पले जेलेन्स्कीलाई ह्वाइट हाउस छाड्न भनेपछि वार्ता छोडेर निस्किए « Khabarhub

ट्रम्पले जेलेन्स्कीलाई ह्वाइट हाउस छाड्न भनेपछि वार्ता छोडेर निस्किए

ह्वाइट हाउसमा ट्रम्प र जेलेन्स्की बीच भनाभन हुँदा वार्तामै तनाव


१७ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9k
Shares
  • change font
  • change font
  • change font

वाशिंटन डिसी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीको वार्तामै भनाभन भएको छ।

ह्वाइट हाउसमा उपराष्ट्रपति जेडी भान्सको साथमा रहेका राष्ट्रपति ट्रम्पले जेलेन्स्कीलाई विभिन्न आरोप लगाएपछि भनाभनको स्थिति बनेको हो।

ट्रम्पले तेस्रो विश्व युद्ध निम्त्याउन खोजेको र अमेरिकाले सहयोग नगरे रुससँगको युद्ध दुई सातामा सकिने बताएपछि वार्तामा भनाभनको स्थिति बनेको थियो। भनाभनको स्थिति बढ्दै जाँदा ट्रम्पले जेलेन्स्कीलाई ह्वाइट हाउस छाड्न भनेपछि उनी कुराकानी छोडेर निस्किएका थिए।

अहिले युक्रेन र अमेरिका मात्र नभई संसार भरमा नै यसको चर्चा भएको छ। खनिज सम्झौता अहिले नहुने भएको छ। बैठक तनावपूर्ण भएर सकिएपछि जेलेन्स्कीले अमेरिकाले युद्धको क्रममा गरेको सहयोगमा धन्यवाद ज्ञापन गर्दै युक्रेन र अमेरिकाको सम्बन्ध दुई राष्ट्रपतिको सम्बन्ध भन्दा धेरैमाथि रहेको बताए।

ट्रम्पले सामाजिक सामाजिक सञ्जाल ट्र्थ सोसलमा जेलेन्स्कीले अमेरिकी नागरिकको अपमान गरेको आरोप लगाएका छन्।

प्रकाशित मिति : १७ फाल्गुन २०८१, शनिबार  ६ : ३९ बजे

अपर्ण र बेनिशाको रोमान्स

काठमाडौं – फिल्म ‘द ब्लू लाइट’को टिमले रिलिजको संघारमा नयाँ

नयाँ उपकरण राखेर गोरखकाली रबर उद्योग सञ्चालनमा ल्याउन सुझाव

काठमाडौं- गोरखकाली रबर उद्योग पुन: सञ्चालन सुझाव कार्यदलले १० महिना

भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी

काठमाडौं- भारत सरकारले नेपाललाई निर्वाचन तयारीका लागि उपलब्ध गराउँदै आएको

अग्नि सापकोटा चिन्ता : लोकप्रियतावादका नाममा वामपन्थी सिद्ध‍याउने योजन बन्दैछ

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता अग्नि सापकोटाले विगतका कुरालाई चैँ

सुनचाँदीको भाउ अझै बढ्छ, नयाँ गहना बनाउने ८० प्रतिशत घटे : माणिकरत्न शाक्य

काठमाडौं- नेपाली बजारमा सुनको मूल्य लगातार उकालो लागेको छ, जसले