आज यी स्थानमा बिजुली काटिने | Khabarhub Khabarhub

आज यी स्थानमा बिजुली काटिने


१७ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले काठमाडौंको सतुङ्गलगायतका क्षेत्रमा आज बिजुली कटौती हुने जनाएको छ ।

प्राधिकरणले सूचना प्रकाशित गर्दै बलम्बु फिडर अन्तर्गत पर्ने कञ्चन गेट, बोसीगाउँ, वौथली, सतुङ्गल चोकलगायतका क्षेत्रमा कन्डक्टरको क्षमता अभिवृद्धिलगायतका कार्यका लागि बिजुली कटौती हुने जनाएको हो ।

आज बिहान ११ बजेदेखि अपराह्न चार बजेसम्म ती स्थानमा बिजुली काटिने भएकाले ग्राहकमा पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमा समेत मागेको छ । तोकिएको कार्य समय अगावै पूरा भएमा निर्धारित अवधि अगावै बिजुली प्रवाह हुने सूचनामा उल्लेख छ ।

यस्तै, मूलपानी सवस्टेशन निर्माण आयोजनाले पनि आज बेलुकीसम्म नै बानेश्वर वितरण केन्द्र, महाराजगञ्ज वितरण केन्द्र, रत्नपार्क, जोरपाटी, बालाजु र कुलेश्वर वितरण केन्द्रलगायतका क्षेत्रमा बिजुली प्रवाह रोकिने जनाएको छ ।

निर्माणाधिन सवस्टेशनमा प्राविधिक कामका लागि ती वितरण केन्द्रहरुमा बिजुली आप्रवाह आज साँझसम्म रोकिने प्राधिकरणले सूचित गरेको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०८१, शनिबार  ६ : ५८ बजे

पोखराको लेकसाइडबाट आठ बालिकाको उद्धार : तीन स्पा सेन्टर कारबाहीमा

पोखरा – जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडस्थित विभिन्न स्पा

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार