लागुऔषधविरूद्धको महाअभियानलाई देशव्यापी बनाऔँ : गृहमन्त्री   « Khabarhub

लागुऔषधविरूद्धको महाअभियानलाई देशव्यापी बनाऔँ : गृहमन्त्री  


१७ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गृहमन्त्री रमेश लेखकले लागुऔषधमुक्त समाज निर्माणका निम्ति लागुऔषधविरूद्धको महाअभियानलाई देशव्यापी बनाउनुपर्नेमा जोड दिएका छन्।

काठमाडौँमा उपत्यका प्रहरी कार्यालयले आजदेखि सुरू गरेको लागुऔषधविरूद्धको महाअभियान उद्घाटन समारोहमा गृहमन्त्री लेखकले लागुऔषध व्यक्ति, परिवार हुँदै समाजकै लागि घातक रूपमा देखा परिरहेको बताए।

‘लागुऔषध अत्यन्त चुनौतीका रूपमा देखिएको छ, युवाहरूमा नकारात्मक असर पारेको छ’, गृहमन्त्रीले भने, ‘सरकार र प्रहरीको मात्रै विषयवस्तु छैन, होइन, यो समग्र समाजकै चिन्ताको विषय भइसकेको छ ।’

लागुऔषधले व्यक्तिलाई मात्र नभई समग्र समाजलाई खोक्रो बनाउँदै लगेकोप्रति चिन्ता व्यक्त गर्दै उनले यसको नियन्त्रणका लागि तीन तहका सरकारले अभियानका रूपमा सञ्चालन गर्न जरुरी रहेको बताए।

‘लागुऔषध प्रयोगकर्ताको जीवन समाप्तितर्फ गएकै छ । समग्र परिवार नै चिन्ता र पीडामा जान्छ । यसले अरू अपराधको पनि वृद्धि गरेको छ’, उनले भने, ‘समाजमा विविधखालको अपराध वृद्धि भइरहेको छ, धेरै अपराधको जगमा लागुऔषध छ ।’

लागुऔषधविरूद्धको महाअभियान देशव्यापी रूपमा चलाउन जरुरी रहेको भन्दै उनले विद्यालयस्तरसम्म महाअभियान पुर्‍याउन आवश्यक रहेको बताए।

सवारी दुर्घटना, लुटपाट, चोरी, साइबर अपराध, आत्महत्या, यौनजन्य घटनाका पछाडि लागुऔषध एउटा कारकका रूपमा रहेको उनको भनाइ थियो ।

प्रकाशित मिति : १७ फाल्गुन २०८१, शनिबार  १ : ०३ बजे

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,