वडा अध्यक्षका प्रत्याशीसहित कांग्रेसका एकसय बढी माओवादी प्रवेश « Khabarhub

वडा अध्यक्षका प्रत्याशीसहित कांग्रेसका एकसय बढी माओवादी प्रवेश


१७ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

सिरहा– स्थानीय निर्वाचन ०७९ मा सिरहाको औरही नगरपालिका–४ मा नेपाली कांग्रेसकातर्फबाट वडाध्यक्षका प्रत्याशी गंगाराम यादवसहित एक सय बढी नेता–कार्यकर्ता नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् ।

‘जनतासँग माओवादी, तराई मधेस जागरण अभियान’का क्रममा औरही–४ इटाटारमा शनिबार आयोजित कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवप्रवेशीलाई पार्टीमा स्वागत गरेका हुन् । 

गत स्थानीय निर्वाचनमा ४ नम्बर वडा माओवादी केन्द्रले जितेको थियो । कांग्रेस दोस्रो भएको थियो । माओवादी केन्द्र प्रवेश गरेका यादवले निर्वाचनमा ५२५ मत प्राप्त गरेका थिए । ४ नम्बर वडा यादव समुदायको बाहुल्यता भएको बस्तीमा पर्छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले हुलाकी मार्ग केन्द्रित अभियानले दक्षिण नेपालको रुपरेखा फेर्न सहयोग गर्ने बताए । लामो समय अलपत्र परेको हुलाकी मार्ग अघि बढाउन आफूले ०७३ मा प्रधानमन्त्रीको रूपमा भारत भ्रमण गर्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफल गरी सहयोग सुचारु गरेपछि योजना अघि बढेको उनले बताए ।

प्रकाशित मिति : १७ फाल्गुन २०८१, शनिबार  २ : ५१ बजे

विज्ञान र नवप्रवर्तनलाई प्राथमिकता, १६५ कानून निर्माणको लक्ष्य

नारायणगढ– विज्ञान, प्रविधि तथा नवप्रवर्तनको विकास र मुलुकको समृद्धिका लागि

मोटरसाइकल दुर्घटनामा १६ वर्षीय किशोरको मृत्यु

सर्लाही– बागमती नगरपालिका–१२ बथनियास्थित भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा १६

विपद्का २४ घटनामा एक जनाको मृत्यु, ११ जना घाइते

काठमाडौँ– बितेका २४ घण्टामा भएका २४ वटा विपद्का घटनामा एक

मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको अन्तरिक्ष अभियान सुरु

टोकियो– जापानले मङ्गल ग्रहको चन्द्रमा फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा

जटिल प्रसूति भएकी किशोरीको हवाई उद्धार

काठमाडौँ– जाजरकोटको कुशे गाउँपालिका–२ की १७ वर्षीयालाई जटिल प्रसूति समस्या