वडा अध्यक्षका प्रत्याशीसहित कांग्रेसका एकसय बढी माओवादी प्रवेश « Khabarhub

वडा अध्यक्षका प्रत्याशीसहित कांग्रेसका एकसय बढी माओवादी प्रवेश


१७ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

सिरहा– स्थानीय निर्वाचन ०७९ मा सिरहाको औरही नगरपालिका–४ मा नेपाली कांग्रेसकातर्फबाट वडाध्यक्षका प्रत्याशी गंगाराम यादवसहित एक सय बढी नेता–कार्यकर्ता नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् ।

‘जनतासँग माओवादी, तराई मधेस जागरण अभियान’का क्रममा औरही–४ इटाटारमा शनिबार आयोजित कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवप्रवेशीलाई पार्टीमा स्वागत गरेका हुन् । 

गत स्थानीय निर्वाचनमा ४ नम्बर वडा माओवादी केन्द्रले जितेको थियो । कांग्रेस दोस्रो भएको थियो । माओवादी केन्द्र प्रवेश गरेका यादवले निर्वाचनमा ५२५ मत प्राप्त गरेका थिए । ४ नम्बर वडा यादव समुदायको बाहुल्यता भएको बस्तीमा पर्छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले हुलाकी मार्ग केन्द्रित अभियानले दक्षिण नेपालको रुपरेखा फेर्न सहयोग गर्ने बताए । लामो समय अलपत्र परेको हुलाकी मार्ग अघि बढाउन आफूले ०७३ मा प्रधानमन्त्रीको रूपमा भारत भ्रमण गर्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफल गरी सहयोग सुचारु गरेपछि योजना अघि बढेको उनले बताए ।

प्रकाशित मिति : १७ फाल्गुन २०८१, शनिबार  २ : ५१ बजे

किशोर श्रेष्ठपछि हिमेश पन्तलाई पनि बोलायो साइबर ब्युरोले

काठमाडौं – समाचारको विषयलाई लिएर जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ र

हिमेश पन्तको उजुरीपछि किशोर श्रेष्ठ साइबर ब्युरोमा

काठमाडौं – कमेडियन तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हिमेश पन्तको

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट

दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट

गण्डकी – गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बडादसैँले नेपालीबीच आपसी