कैलाश र वैकुण्ठ जोड्ने गरी जिपलाइन निर्माण « Khabarhub

कैलाश र वैकुण्ठ जोड्ने गरी जिपलाइन निर्माण


१७ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

मनहरी– मकवानपुरको कैलाश गाउँपालिकाले कैलाश र वैकुण्ठ क्षेत्र जोड्ने गरी जिपलाइन निर्माण गरेको छ  । गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले रु ८८ लाखको लागतमा करिब एक हजार २०० मिटर लामो जिपलाइन निर्माण गरिएको बताए। 

वडा नं २ बैकुण्ठमा निर्मित कैलाश वैकुण्ठ जिपलाइनको पहिलो चरणको परीक्षणसमेत सम्पन्न भएको र यसले धादिङको रोराङ बेनीघाट र गजुरी गाउँपालिका, मकवानपुरका थाहानगर, राक्सिराङ र मनहरी गाउँपालिकाका नागरिकसमेत लाभान्वित हुने उनले बताए।

 जिपलाइन निर्माणमा सङ्लग्न प्राविधिकसहित गाउँपालिका अध्यक्ष मुक्तान, योजना शाखा प्रमुख नरेन्द्र दत्त भट्ट, इन्जिनियर अनिल जोशीलगायतको टोलीले पहिलो चरणको परीक्षण गरेका हुन् । 

गाउँपालिका योजना शाखा प्रमुख नरेन्द्रदत्त भट्टले पालिकाले बहु वर्षीय योजना बनाई दुई स्थानमा स्टेसन, ब्रेकिङ सिस्टम (हारनेस) र तार निर्माण गरिएको उनले बताए। अब चाँडै नियमित जिपलाइन नियमित सञ्चालनमा आउने उनले जानकारी दिए। 

जिपलाइन प्राविधिक एवं प्रशिक्षक बद्री घिमिरेले पहिलो चरणमा ब्रेकिङ सिस्टम (सोलोप) सम्बन्धी कार्यको परीक्षण गरिएको र अब दोस्रो चरणको परीक्षणपछि नियमित सञ्चालनमा ल्याइने बताए।

प्रकाशित मिति : १७ फाल्गुन २०८१, शनिबार  ६ : १६ बजे

रास्वपा सांसदलाई खुश्बुको सुझाव- ३५ वर्षमा के भयो भन्ने प्रश्न नसोध्नुस्, अब काम गरेर देखाउनुस्

काठमाडौं– राप्रपा सांसद खुश्बु ओलीले विगत ३५ वर्षमा हुन नसकेका

प्रतिपक्षीले सदनमा खोजिरहन्छन्, तर प्रधानमन्त्री टेर्दैनन्

काठमाडौं- गत जेठ १७ गते अचानक संसद्‍को रोस्ट्रममा उभिएर प्रधानमन्त्री

दुर्गम क्षेत्रका बस्तीहरूमा विद्युत् विस्तार कार्य तीव्रता बनाउन सरकारलाई निर्देशन

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले दुर्गम क्षेत्रका बस्तीहरूमा विद्युत्

साइनाइडले हात्ती मारेको दाबीमा विवाद

किमाना– केन्याको अम्बोसेली राष्ट्रिय निकुञ्ज आसपास एक महिनाको अवधिमा १५

नेपालको प्राथमिक पुँजी बजारमा सुधारको खाका, धितोपत्र बोर्डद्वारा ‘भिजन २०३५’ सहितको श्वेतपत्र सार्वजनिक

काठमाडौं– नेपाल धितोपत्र बोर्डले नेपालको प्राथमिक पुँजी बजारलाई आधुनिक, प्रविधिमैत्री