महाशिवरात्रिमा पशुपति क्षेत्रमा जम्मा भएको पाँच मेट्रिक टन फोहर सफाइ « Khabarhub

महाशिवरात्रिमा पशुपति क्षेत्रमा जम्मा भएको पाँच मेट्रिक टन फोहर सफाइ


१७ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बाग्मती सफाइ महाअभियानको ६१६औँ हप्ताका अवसरमा आज महाशिवरात्रिमा पशुपति क्षेत्रमा जम्मा भएको फोहर सफाइ गरिएको छ ।

सफाइ अभियानकर्मी, अधिकारसम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समिति, स्थानीय सङ्घसंस्था, तिलगङ्गा महिला समूहलगायतको उपस्थितिमा फोहर सफाइ गरिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए । त्यस क्रममा पाँच मेट्रिक टन फोहर व्यवस्थापन गरिएको उनले बताए ।

महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रलाई सफा राख्न तिलगङ्गा महिला समूहले एकमहिने अभियान सञ्चालन गरेको थियो । बाग्मती सफाइ महाअभियानको ६१४औँ हप्ताको सफाइ पनि पशुपति क्षेत्रमै गरिएको थियो ।

विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको महाअभियान प्रत्येक हप्ताको शनिबार निरन्तर सञ्चालन हुँदै आएको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०८१, शनिबार  १० : ३५ बजे

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति