हाडनाता करणी मुद्दाका फरार प्रतिवादी २३ वर्षपछि पक्राउ « Khabarhub

हाडनाता करणी मुद्दाका फरार प्रतिवादी २३ वर्षपछि पक्राउ


१९ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– बर्दिया जिल्ला अदालतले २०५९ सालको वैशाख २९ गते हाडनाता करणी मुद्दामा ३ वर्ष कैद सजाय तोकिएका व्यक्ति पक्राउ परेका छन् ।

बर्दिया बढैयाताल गाउँपालिका–१ जमुनी बस्ने कुलबहादुर सुनारलाई २२ वर्ष १० महिना १९ दिनपछि प्रहरीले पक्राउ गरेको हो । 

सुनारलाई  बाँके कोहलपुर नगरपालिका–८ स्थित हवल्दारपुरबाट पक्राउ गरिएको बर्दियाका प्रहरी नायव उपरीक्षक ऋषिराम घर्तीमगरले बताए । 

उनका अनुसार आवश्यक कारबाहीको लागि सम्मानित बर्दिया जिल्ला अदालतमा पेश गरिएको छ ।

प्रकाशित मिति : १९ चैत्र २०८१, मंगलबार  १२ : ५३ बजे

संसद्मा बादलको भाषणले एमालेभित्र ‘भुइँचालो’, विष्णु पौडेलले भने – पार्टीमा गम्भीर समीक्षा हुन्छ

काठमाडौं – प्रतिनिधिसभामा रामबहादुर थापा ‘बादल’ले दिएको भाषणपछि नेकपा (एमाले)

चितवनमा अन्तरराष्ट्रिय मौरी सम्मेलन हुने

चितवन – चितवनमा अन्तरराष्ट्रिय मौरी सम्मेलन हुने भएको छ ।

मकवानपुरमा करेन्ट लागेर एक जनाको मृत्यु, दुई जना घाइते

मकवानपुर – बिजुलीको पोल गाड्ने क्रममा करेन्ट लागेर मकवानपुरगढी गाउँपालिका–२

आजका समाचार : संसद्‍मा शीर्ष नेताहरूको सम्बोधन, ओली-लेखक थप दुई दिन हिरासतमै रहने, एसईई सुरु र पश्चिम एशियामा युद्ध जारी

एमालेलाई रमेश लेखकको माया लाग्दा कांग्रेससहितका अरू दल सरकारसँग नरमप्रतिनिधिसभाको

सरकारले ७८ गाउँपालिकामा खटायो प्रमुख प्रशासकीय अधिकृत

काठमाडौं- सरकारले ७८ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाएको छ ।