अर्थसंक्षेप : नेप्सेले पायो नयाँ नेतृत्व, बजार १६ अंकले ओरालो र नेपालमा बढ्दो शंकास्पद कारोबार | Khabarhub Khabarhub

अर्थसंक्षेप : नेप्सेले पायो नयाँ नेतृत्व, बजार १६ अंकले ओरालो र नेपालमा बढ्दो शंकास्पद कारोबार


१९ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले नयाँ नेतृत्व पाएको छ । मंगलबार नेप्से १६ अंक बढीले घटेको छ ।

नेपालमा शंकास्पद कारोबारको संख्या बढ्दै गएको वित्तीय जानकारी इकाईको प्रतिवेदनले देखाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि १८ घण्टा सञ्चालन हुने भएको छ ।

आजका आर्थिक समाचार :

नेप्सेका नवनियुक्त सीईओले बुधबारदेखि जिम्मेवारी सम्हाल्ने

सरकारले नेपाल स्टक एक्सचेन्ज नेप्सेको प्रमुख कार्यकारी अधिकृत सीईओमा झापाका चुडामणि चापागाईंलाई नियुक्त गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले उनलाई उक्त पदमा नियुक्त गरेको हो ।

राजस्व सचिव दिनेशकुमार घिमिरेले आज उनलाई नियुक्तिपत्र हस्तान्तरण गरेका हुन् ।

नेपालमा शङ्कास्पद कारोबारको सङ्ख्या उच्च (प्रतिवेदनसहित)

नेपालमा शङ्कास्पद कारोबारको सङ्ख्यामा उच्च वृद्धि हुँदै गएको छ । नेपाल राष्ट्र बैंक वित्तीय जानकारी इकाईले सार्वजनिक गरेको तथ्याङ्कले पछिल्ला वर्षहरूमा निरन्तर रूपमा नेपालमा शङ्कास्पद कारोबारको सङ्ख्यामा उच्च वृद्धि हुँदै गएको देखाएको हो ।

तथ्याङ्कअनुसार सन् २०१६–०१७ मा नेपालमा एक हजार ५३ वटा शङ्कास्पद कारोबार गरेको देखिएकोमा २०२३–०२४ मा उक्त सङ्ख्यामा वृद्धि भएर ७ हजार ३३८ पुगेको थियो । सन् २०२०–२१ सम्म आउँदा एक हजार ३३ कारोबार भएकोमा पछिल्लो ३ वर्षमा यो सङ्ख्या ह्वात्तै बढेर ७ हजार ३३८ पुगेको हो ।

भारतीय कम्पनीले वीरगञ्ज सुक्खा बन्दरगाह चलाउने

वीरगञ्ज सुक्खा बन्दरगाह (इन्ल्यान्ड क्लियरेन्स डिपो)को व्यवस्थापन र सञ्चालनको जिम्मेवारी भारतीय कम्पनी प्रिस्टिन मेगा लजिष्टिक पार्क प्रालिले पाएको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले आगामी पाँच वर्षका लागि सुक्खा बन्दरगाह सञ्चालन र व्यवस्थापनका लागि प्रिस्टिन मेगा लजिष्टिक पार्क प्रालि रु चार अर्ब ७१ करोड लागतमा छनोट भएको जानकारी दिए ।

समितिका अनुसार सुक्खाबन्दरगाहको व्यवस्थापन र सञ्चालनका लागि आह्वान गरेको बोलपत्रको प्राविधिक मूल्याङ्कनमा कन्टेनर कर्पाेरेसन अफ इन्डिया लिमिटेड र प्रिस्टिन मेगा लजिष्टिक पार्क प्रालि छनोट भएका थिए । कन्टेनर कर्पाेरेसन अफ इन्डिया प्रालिले भने रु चार अर्ब ५१ करोड रकमको बोलकबोल गरेको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १८ घण्टा सञ्चालन हुने

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल आजदेखि दैनिक १८ घण्टा सञ्चालनमा आएको छ । विमानस्थलको अभिवृद्धिका लागि गत कात्तिक २३ देखि यही चैत १८ गतेसम्म पाँच महिना दैनिक १० घण्टा विमानस्थल बन्द गरेर विमानस्थलको क्षमता अभिवृद्धिअन्तर्गत भौतिक संरचना निर्माणको काम गरिएको थियो ।

आजदेखि विमानस्थल बिहान ६ः०० देखि राति १२ः०० बजेसम्म खुला रहने विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए । उनका अनुसार विमानस्थलका ट्याक्सी–वेलाई धावनमार्गसँग जोड्ने लिङ्क वेको निर्माण सम्पन्न भएको छ । समानान्तर ट्याक्सी वे निर्माणको काम भने जारी रहेको छ ।

प्रयोगमा आयो शीतभण्डार, धमाधम आलु भण्डारण गरिँदै

आलु भण्डारणका लागि गाउँमा शीतभण्डार अभावमा खेमराज रानाले भैरहवामा लैजाने गर्थे। रामपुरबाट गाडीमा ढुवानी गरेर भैरहवा लैजान त्यत्ति सहज भने छैन । उत्पादित आलु बिग्रन नदिन ढुवानी खर्चेर सुरक्षितसाथ राख्न भैरहवास्थित शीतभण्डारणमा लैजाने गरेको उनले सुनाए ।

हिजोआज भने उनलाई आलु शीतभण्डारमा राख्न भैरहवा पुर्‍याउनुपरेकाे छैन । रामपुर नगरपालिका–२ भलायटार बस्ने रानाले गाउँमै शीतभण्डार केन्द्र प्रयोगमा आएपछि धेरै सजिलो भएको बताए । यहाँ निर्माण भएको रामपुरशित भण्डारमा उनले माथिल्लो कृषक तरकारी समूहबाट ५० बोरा आलु ल्याएर राखेका छन् । सोमबारदेखि रामपुर नगरपालिकाले सूचना जारी गरेर शीतभण्डारमा किसानलाई आलु भण्डारण गर्न आह्वान गरी सुरु गरिएको हो । गत वर्ष पनि रानाले समूहमार्फत ५० बोरा आलु राखेका थिए ।

गण्डकी प्रदेशमा घरेलु मदिरा व्यवस्थापन विधेयकमा छलफल सुरु

गण्डकी प्रदेश सरकारले पछिल्ला दुई आर्थिक वर्षमा घरेलु मदिरा र गाँजालाई नीति तथा कार्यक्रममा समेट्दै कानूनी मान्यता दिने पहल गरिरहेको छ ।

प्रदेशको राजस्व बढाउने लक्ष्यसहित ल्याइएको यो विधेयक गत आर्थिक वर्ष २०८०–०८१ मा कानूनको रूपमा परिणत हुन सकेन । तर, चालु आर्थिक वर्ष २०८१–०८२ मा भने सरकारले घरेलु मदिरा व्यवस्थापन विधेयक प्रदेशसभामा दर्ता गरेर छलफल सुरु गरेको छ ।

मंगलबार घट्यो सेयर बजार

मंगलबार सेयर बजार घटेको छ । जसअनुसार मंगलबार सेयर बजार परिसूचक नेप्से १६.९५ अंकले घटेर २६७६.१७ विन्दुमा पुगेर रोकिएको छ ।

तर, आज झन्डै पौने ६ अर्बको सेयर किनबेच भएको छ । जसअनुसार कुल १ करोड ६ लाख कित्ता सेयर खरिद बिक्री हुँदा कारोबार भने ५ अर्ब ७९ करोड रुपैयाँ बराबर भएको छ ।

नारायणगढ–बुटवल सडकको पूर्वी खण्ड कालोपत्र

नारायणगढ–बुटवल सडक निर्माण योजनाको पूर्वी खण्डमा ५० किलोमिटर सडक कालोपत्र भएको छ ।

पूर्वी खण्डको गैँडाकोटबाट दाउन्नेसम्मको ६३ किलोमिटर खण्डमध्ये एकतर्फको ५० किलोमिटर सडक कालोपत्र सम्पन्न भएको योजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिए ।

प्रकाशित मिति : १९ चैत्र २०८१, मंगलबार  ६ : ४५ बजे

डडेल्धुरामा जिप दुर्घटना, चार जनाको घटनास्थलमै मृत्यु

अमरगढी– यहाँको नवदुर्गा गाउँपालिका–५ मा आज बिहान से १ ज

जनार्दनलाई स्वार्थ समूहको संज्ञा दिँदै प्रचण्डले भने- उनले नपत्याउँदैमा फरक पर्दैन, पदाधिकारी बैठकमा समीक्षा हुन्छ

विराटनगर- प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले

ट्रम्पको ‘ट्यारिफ’ले खोस्यो भारतीय हिराको चमक

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट आयात हुने सामानमा ५० प्रतिशतसम्म

अनियन्त्रित मनलाई नियन्त्रित गर्न सत्संग गरौँ : उपप्रधानमन्त्री सिंह

काठमाडौं– उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले अनियन्त्रित मनहरूलाई

अमेरिकी चर्चमा बन्दुकधारीले आक्रमण गर्दा दुई बालबालिकाको मृत्य, १७ जना घाइते

वाशिङ्टन- अमेरिकाको मिनियापोलिस राज्यको एक चर्चमा सेवा गरिरहेका विद्यालय जाने