रंगदारी गीतमा नाच्दै जसपा नेतृले पड्काइन् पेस्तोल, भिडियो भाइरल भएपछि भनिन्, ‘भारतको सीतामढीमा खेलौना चलाएकी थिएँ’ « Khabarhub

रंगदारी गीतमा नाच्दै जसपा नेतृले पड्काइन् पेस्तोल, भिडियो भाइरल भएपछि भनिन्, ‘भारतको सीतामढीमा खेलौना चलाएकी थिएँ’


१८ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दुई दिनयता जनता समाजवादी पार्टीकी केन्द्रीय सदस्य डा. बबी सिंह यादव भाइरल छिन् । हरियो साडीमा सजिएर हातमा पेस्तोलसहित नृत्यमा मस्त उनको भिडियो अहिले तीव्र गतिमा भाइरल भइरहेको छ ।

राष्ट्रिय सभा सदस्य तथा पूर्वमन्त्री मृगेन्द्र कुमार सिंह यादवी छोरी तथा सप्तरीको बेदेवर्साइन नगरपालिकाकामेयर आतेशकुमार सिंह यादवकी बहिनी उनले एक वैवाहिक समारोहमा नृत्य गर्ने क्रममा आकाशतिर फर्काएर गोली चलाएको भिडियो भाइरल भएको हो ।

सप्तरीकी उनले उक्त नृत्यका क्रममा हतियार चलाएको दृश्य नेपालकै भएको दाबीसहित उजुरी परेपछि अहिले प्रहरीले छानबिन पनि थालेको छ ।

नेतृ यादवले रंगदारी गीतमा नाच्दै पेस्तोलबाट फायर गरेको विषय सञ्चारमाध्यमका लागि हटकेक हुँदा पुलिसका लागि भने टाउको दुखाइको विषय भएको छ ।

अहिले यस प्रकरणमा जिल्ला प्रहरी कार्यालयले पनि छानबिन थालेकोछ । सप्तरीका प्रहरी प्रमुख एवम् एसपी ढकेन्द्र खतिवडाले उक्त प्रकरणबारे जानकारी लिन डा. सिंहलाई झिकाइएको बताएका छन् ।

उक्त हतियार पेस्तोल नै हो या अन्य खेलौना हो भन्ने कुरा छानबिनपछि थाहा हुने खतिवडाको तर्क छ ।

डा. सिंहले उक्त पेस्तोल सप्तरीको बोदेबरसाइनस्थित एक वैवाहिक सहारोहमै पड्काएको दाबी एक थरीले गरेका छन् । तर उनी आफैंले भने उक्त हतियार पेस्तोल नभई खेलौना भएको जवाफ दिएकी छन् । उक्त नृत्य पनि नेपालमा नभई भारतको सीतामढीमा गरेको जवाफ उनले दिएकी छन् ।

‘भारतको सीमावर्ती सहर सीतामढीमा मेरा मामाकी छोरी (बहिनी) को वैवाहिक समारोहमा स्थानीय परम्पराअनुसार आफन्तको आँगनमा भाइबहिनीहरूको आग्रहलाई स्वीकार गरी नृत्य गर्दा मैले ‘रेन्जर टोई’ खेलौनाले फायर गरेकी थिएँ। त्यही कुरालाई अतिरञ्जित नबनाइदिनु हुन अनुरोध गर्दछु’, सिंहले भनेकी छन् ।

उनले व्यक्तिगत र पारिवारिक समारोहमा रमाइलो गर्दा खिचिएको भिडियोलाई पत्रकारहरूले अपब्याख्या गरेर भाइरल बनाएको पनि बताएकी छन् ।

‘मेरो मामाको घरमा अत्यन्तै व्यक्तिगत र पारिवारिक समारोहमा एकक्षण भाइबहिनी र परिवारका सदस्यसँग रमाइलो गर्दा खिचिएको भिडियोलाई कुनै ‘युट्युब पत्रकार’ले अनुमतिबिना आफ्नै सामग्रीजस्तो गरी सामाजिक सञ्जालमा हाल्नु पत्रकारिताको अपमान मात्रै होइन, पत्रकार आचारसंहिताको उल्लङ्घन पनि हो, जसको म भर्त्सना गर्दछु’, उनले भनेकी छन् ।

सिंहले वैवाहिक कार्यक्रमसहितका समारोहमा रमाइलो र मनोरञ्जन गर्ने अधिकार सबैलाई हुने तर्क पनि गरेकी छन् ।

यादवले भाइरल भिडियो सातअघि भारतमा भएको एक वैवाहिक समारोहमा खिचिएको बताएकी छन् । त्यहाँ खेलौना पेस्तोल फाय गरेको तर्क उनको छ ।

उनका अनुसार यो भिडियो गत वैशाख ११ गतेकै हो । ‘गत वैशाख ११ गते मेरा मामाकी छोरीको विवाह सीतामढीमा भएइको थियो । ज्वाइँ सीतामढीकै भएकाले वैवाहिक समारोह पनि त्यहाँ गरियो । त्यही क्रममा नाचिरहेका बेला मामाका छोराले नक्कली पेस्तोल फायर गर्न भनेका हुन् । मैले रमाइलोका लागि फायर गरेकी थिएँ’, उनले भनिन्, ‘नक्कली पेस्तोल पड्काएको हो । यो भिडियो टिकटकमा पनि हालेकी थिएँ ।’

उनका अनुसार यो भिडियो तत्कालै भाइरल भएको थियो । त्यो भिडियो हेरेपछि सक्कली या नक्कली पेस्तोल भनेर सोधिएको थियो । धेरै सोधखोज भएपछि उनले उक्त भिडियो टिकटकबाट हटाइदिएको बताएकी छन् । आफूले हटाए पनि अरूले फेसबुकमा पनि हालेर फेरि भाइरल बनाएको उनको तर्क छ ।

उक्त खेलौना पेस्तोलबारे थाहा नभए पनि पड्काएको उनको तर्क छ। विवाद बढेपि आफूले पड्काउन दिएका मामाका छोराहरूलाई सोध्दा रेञ्जर टोय खेलौना भन्ने पत्ता लागेको उनले बताए ।

भिडियो भाइरल भएर अनेक प्रश्न आउन थालेपछि आफूलाई प्रहरीले पनि उक्त हतियारबारे सोधेको उनको तर्क छ । प्रहरीले सोधेपछि उक्त नृत्य भारतमा भएको र त्यहीँ खेलौना पेस्तोल पड्काएको जवाफ दिएको उनले बताइन् ।

प्रकाशित मिति : १८ बैशाख २०८२, बिहीबार  १२ : ४४ बजे

कांग्रेस संस्थापनको ‘सात बुँदे प्रस्ताव’ हल्ला मात्रै भएको शेखर सचिवालयको भनाइ

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको सचिवालयले संस्थापन

‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम’ सम्पन्न

कर्णाली– मनसुनजन्य विपद्को सम्भावित जोखिम पूर्वानुमान, पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी ‘प्रथम

‘इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट प्रधानमन्त्री र ममाथि आक्रमण भयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशको इतिहासकै ठूलो वित्तीय

सिद्धपोखरी मर्मतमा स्थानीयको सहभागिता (तस्बिरहरू)

भक्तपुर– भक्तपुर नगरपालिकाले आफ्नो दीर्घकालीन ‘सम्पदा जोगाउने’ नीति अन्तर्गत ऐतिहासिक

बदनाम गर्न मविरुद्ध संगठित रूपमै अफवाह फैलाइयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूविरुद्ध संगठित रूपमा अफवाह