ऋषिङको दिउली खोलामा पुल निर्माण सुरु « Khabarhub

ऋषिङको दिउली खोलामा पुल निर्माण सुरु


१८ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

तनहुँ– यहाँको ऋषिङ गाउँपालिका–१ र ३ जोड्ने दिउली खोलामा पक्की पुल निर्माण सुरु गरिएको छ । सङ्घीय सशर्त अनुदान अन्तर्गत रु तीन करोड ८५ लाख ९३ हजार लागतमा पुल निर्माण सुरु गरिएको हो । 

पुल सम्पन्न भएपछि जिल्लाका ऋषिङ, व्यास र देवघाट गरी तीन स्थानीय तहका बासिन्दा लाभान्वित हुने छन् । तीन पालिकाका करिब ४०० घरधुरीलाई आवतजावतमा सहज हुने गाउँपालिकाका इन्जिनियर श्रीकृष्ण खनालले जानकारी दिए । 

उनले भने, ‘पुल बनेपछि दमौलीबाट दिउली खोला पुल हुँदै देवघाटको दुबुङ र खाल्टे पुग्न सहज हुनेछ ।’

पुल निर्माणको जिम्मा पशुपति आर्कडी असेस जेभीले पाएको छ । हाल पुलको एउटा पिल्लर निर्माण भइसकेको र अर्को छेउको पिल्लर निर्माण भइरहेको पालिकाका न्जिनियर अखिल सुबेदीले बताए। 

उनका अनुसार ४० मिटर ‘स्पान प्रिस्ट्रेस्ड क्रङ्क्रिट’ प्रविधिबाट पुल निर्माण गर्न लागिएको हो । पुलको हालसम्म वित्तिय प्रगति ३० प्रतिशत र भौतिक प्रगति ४० प्रतिशत छ । विसं २०८० माघ २३ मा सम्झौता गरी पुल निर्माण सुरु गरिएको हो । यहाँ पुल नहुँदा ऋषिङका बासिन्दाले समस्या भोग्दै आएको प्रमुख प्रशासकीय अधिकृत अनिल अम्गाइले बताए। 
 

प्रकाशित मिति : १८ बैशाख २०८२, बिहीबार  १२ : ४८ बजे

चार देशमा प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुँदै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको संसदीय सुनुवाइ समितिको बैठक आज

विश्वासको शिर कहिल्यै झुक्ने छैन : कांग्रेस उपसभापति भण्डारी

काठमाडौंँ– नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति डा. चन्द्रकान्त भण्डारीले आफूलाई विश्वास

कांग्रेस सहमहामन्त्रीमा खतिवडा र सिवाकोटी अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुलातर्फको मतगणना जारी रहेको

तनहुँको आँबुखैरेनीमा ४५ रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती

तनहुँ– दसैँको रौनकसँगै तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूल यानचोकका बारी

सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पतालका लागि २५ करोड