पत्रकार महासङ्घद्वारा निःशुल्क स्वास्थ्य परीक्षण « Khabarhub

पत्रकार महासङ्घद्वारा निःशुल्क स्वास्थ्य परीक्षण


१८ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल पत्रकार महासङ्घले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । विश्वभर हरेक वर्ष मे ३ मा विश्व प्रेस स्वतन्त्रता दिवस मनाइन्छ ।

सोही अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँगको सहकार्यमा महासङ्घको केन्द्रीय कार्यालयमा नसर्ने रोगको परीक्षण गरिएको हो । शिविरमा बिएमआइ (बडी मास इन्डेक्स), उच्च रक्तचाप, मधुमेह, मृगौलासम्बन्धी जाँच गरिएको थियो । पाठेघरको मुखको स्क्रिनिङ भने नाम टिपाएकाहरुले पायक पर्ने सरकारी अस्पतालमा गर्न सकिने आयोजकले जनाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले मानिसको व्यस्तता बढेसँगै जीवनशैलीमा परिवर्तन आएका कारण नसर्ने रोगको जोखिम बढ्दै गएको बताए। 

उनले भने, ‘नसर्ने रोग रोकथाम गर्न सकिने रोग हो । बेलैमा रोकथाम गर्न सके पछि जटिल रोग लाग्दैन । स्वास्थ्य जीवनशैली अपनाउनुपर्छ । शारीरिक र मानसिक स्वास्थ्य दुवै महत्वपूर्ण छ ।’

जनस्वास्थ्य कार्यालय, काठमाडौँका प्रमुख वसन्त अधिकारीले नियमित व्यायाम तथा स्वस्थ खानपानमा ध्यान दिँदा नसर्ने रोगबाट बच्ने सकिने बताए। 

उनले भने, ‘नेपाली समाजमा हेर्ने हो भने मोटोपन, मधुमेह, हाइपरटेन्सन बढ्दो छ । नसर्ने रोगको नियन्त्रणमा सबै लाग्नुपर्छ ।’

नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले समाचारलाई पहिलो प्राथमिकतामा राख्ने पत्रकारहरूले स्वास्थ्यको ध्यान सोचेजस्तो राख्न नसकेको बताए। 

प्रकाशित मिति : १८ बैशाख २०८२, बिहीबार  ५ : २१ बजे

तनहुँको आँबुखैरेनीमा ४५ रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती

तनहुँ– दसैँको रौनकसँगै तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूल यानचोकका बारी

सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पतालका लागि २५ करोड

म्याग्दीको भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–२ स्थित भसभसेको पहिरो म्याग्दी र मुस्ताङलाई

कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित, महामन्त्रीमा पौडेल र राणा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना

आज नवरात्रको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– नवरात्रको दोस्रो दिन आज दसैँ घर वा पूजा कोठामा