श्रमसंसार पोर्टलमार्फत सहजै रोजगारी पाउने अवस्थामा सृजना भयो : श्रममन्त्री भण्डारी  « Khabarhub

श्रमसंसार पोर्टलमार्फत सहजै रोजगारी पाउने अवस्थामा सृजना भयो : श्रममन्त्री भण्डारी 


१८ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले अब योग्यता र क्षमता भएका नागरिकले सहजै रोजगारी पाउने अवस्था सृजना भएको बताएका छन् । 

१३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आज मन्त्रालयले ‘श्रम संसार’ पोर्टलको शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले श्रम संसार’ पोर्टलले पहुँच र भनसुनको भरमा रोजगार पाउने भाष्यको अन्त्य गर्ने विश्वास व्यक्त गरेका छन् । 

उनले युवाहरूले आफ्नो योग्यता र क्षमताका आधारमा मुलुकको जुनसुकै ठाउँमा बसेर रोजगारी गर्न सक्ने बताए । ‘पहुँच र भनसुनले रोजगारी पाइन्छ भन्ने भाष्य चिर्दैछौँ ।’ उनले भने । 

मन्त्रालयले निर्माण गरेको उक्त पोर्टलको प्रधानमन्त्री केपी शर्मा ओलीले भचुर्अल माध्यमबाट शुभारम्भ गरेका थिए । मन्त्री भण्डारीले स्थानीय तहबाट सबै प्रकारका श्रम तथा रोजगारसम्बन्धी सेवा सुविधा प्रदान गर्न अभियान सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले भने, ‘यो पोर्टल आजदेखि सुरुआत भएको छ । सबै स्थानीय तह र श्रमिकसँग मोबाइल एप्लिकेसनमार्फत यसको पहुँच पुग्नेछ । योसँगै स्थानीय तहबाट सबै प्रकारका श्रम तथा रोजगारसम्बन्धी सेवा सुविधा प्रदान गर्न मन्त्रालयले अभियान सञ्चालन गर्नेछ ।’

सरकारले घोषणा गरेको ‘आन्तरिक रोजगार प्रवर्द्धन दशक’ लाई प्रभावकारी कार्यान्वयन गर्न श्रम संसार पोर्टलले श्रम बजार सूचना प्रणालीमा सहयोगी सिद्ध हुने उनले बताए । 

उक्त अवसरमा एकीकृत रोजगारी प्रणालीका लागि www.shramsansar.gov.np पोर्टलको शुभारम्भ गरिएको थियो ।

प्रकाशित मिति : १८ बैशाख २०८२, बिहीबार  ५ : ३८ बजे

तनहुँको आँबुखैरेनीमा ४५ रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती

तनहुँ– दसैँको रौनकसँगै तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूल यानचोकका बारी

सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पतालका लागि २५ करोड

म्याग्दीको भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–२ स्थित भसभसेको पहिरो म्याग्दी र मुस्ताङलाई

कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित, महामन्त्रीमा पौडेल र राणा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना

आज नवरात्रको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– नवरात्रको दोस्रो दिन आज दसैँ घर वा पूजा कोठामा