शारीरिक र बौद्धिक श्रम गर्ने सबै श्रमिकलाई सम्मान गर्नुपर्छ : बाबुराम भट्टराई « Khabarhub

शारीरिक र बौद्धिक श्रम गर्ने सबै श्रमिकलाई सम्मान गर्नुपर्छ : बाबुराम भट्टराई


१८ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले शारीरिक र बौद्धिक श्रम गर्ने सबै खाले श्रमिकको श्रमलाई उच्च सम्मान गर्नुपर्ने बताएका छन् ।

१३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल समाजवादी टे«ड युनियन महासङ्घ र नेपाल समाजवादी नेवा सङ्घले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै श्रमिकको हकहितको कुरा गर्ने कम्युनिष्ट पार्टीका नेताहरू नै सत्तामा पुगेपछि मजदुरका हकहितका  विषयलाई बेवास्ता गर्ने गरेको बताए । 

उनले भने, ‘मजदुरले लडेर ल्याएको आठ घण्टा काम आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको अधिकार व्यवहारमा अझै लागू हुन सकेको छैन, अहिले श्रम गरेर खाने भन्दा बिचौलिया र कमिसन खोरको बिगबिगी भएको छ ।’ 

मजदुरहरु र आम नेपाली जनताको सङ्घर्षका कारण देशमा  सङ्घीय लोकतान्त्रिक व्यवस्था, स्थापना भए पनि मजदुरका समस्या समाधान हुन नसक्नु दुःखद पक्ष भएको उनले भनाइ छ । 

उनले लामो सङ्घर्षबाट राजतन्त्र हटाए पनि राजनीतिक दलका नेताको कार्यशैली राजाको जस्तै भएको उल्लेख गर्दै ती दलहरूकै कारण जनतामा असन्तुष्टि सृजना भएको दाबी गरे।

 अध्यक्ष भट्टराईले देशमा राजनीतिक स्थायित्व र आर्थिक समृद्धिका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक संसद् हुनुपर्नेमा जोड दिँदै पुराना दलले मजदुर र आमजनताका समस्या समाधान गर्न नसक्ने भएकाले आफूले अग्रगामी र वैकल्पिक एजेण्डासहित नेसपा नयाँ शक्ति अगाडि बढाइएको प्रष्ट पारे। 

उनले आफूले भारत भ्रमणका क्रममा दुई देशबीचको सम्बन्ध सुमधुर बनाउने काम गरेको बताउँदै नेपालमा राजावादी भन्नेले फैलाएको भ्रमबाट भ्रमित नहुन आफूले भारतका विभिन्न पार्टीका नेतालाई भनेको बताए। 

कार्यक्रममा नेसपा (नयाँ शक्ति) का केन्द्रीय सदस्य एवं नेपाल समाजवादी ट्रेड युनियन महासङ्घका अध्यक्ष विष्णु पौडेलले सरकारले तोकेको न्यूनतम पारिश्रमिक रु १७ हजार पाँच सयले मजदुरलाई खान नपुग्ने भएकाले उक्त रकम बढाउनुपर्नेमा जोड दिए । 

नेसपा (नयाँ शक्ति) का सचिव भावना तामाङ, विज्ञ परिषद्का सदस्य अनुपसिंह सुवाल, मजदुर महासङ्घका इन्चार्ज तेजुलाल कर्णलगायतले भौतिक र बौद्धिक दुवै खाले श्रम गर्ने श्रमिकको सम्मान हुनुपर्नेमा जोड दिए । 

प्रकाशित मिति : १८ बैशाख २०८२, बिहीबार  ७ : १३ बजे

मोबाइलमै भएको डिजिटल राहदानी र भिसा मान्य हुने

काठमाडौं– अध्यागमन विभागले मोबाइल एपमा उपलब्ध डिजिटल राहदानी र भिसा

चिलिमे र माथिल्लो त्रिशूली-१ को सुरूङभित्र एकै दिन ९ शव भेटिए

रसुवा– रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह

भारतबाट थप १६० ग्यास बुलेट ल्याइँदै : डेराका विद्यार्थी, सुत्केरी र गर्भवतीलाई पहिलो प्राथमिकता

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १६० वटा अतिरिक्त ग्यास

कांग्रेस महाधिवेशनमा करिब सात हजार प्रतिनिधि सहभागी हुने

काठमाडौं– नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सात हजार हाराहारीमा महाधिवेशन प्रतिनिधि

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य छ निर्णय

काठमाडौं– सरकारले सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउने सम्बन्धी