युवायुवतीलाई विदेश पलायनबाट रोक्नुपर्छ : मुख्यमन्त्री सिंह « Khabarhub

युवायुवतीलाई विदेश पलायनबाट रोक्नुपर्छ : मुख्यमन्त्री सिंह


१८ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

मोरङ– मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मुलुकमा उद्योग र पर्यटन क्षेत्रको विकास गरी युवायुवतीलाई विदेश पलायनबाट रोक्नुपर्ने बताएका छन् ।

कोशी प्रदेश सरकारद्वारा आयोजित दुई दिने प्रदेश लगानीको आज विराटनगरको सभागृहमा उद्‌घाटन गर्दै मुख्यमन्त्री सिंहले उद्योग र पर्यटनका क्षेत्रमा लगानी वृद्धि गरेमा मात्र युवा पलायन रोक्न सकिने धारणा राखे । उनले छिमेकी मुलुक भारत र चीनबाट हिन्दु र बौद्धधर्मावलम्बीलाई नेपालमा घुमाउन सके देश आर्थिक रुपमा बलियो हुने बताए। 

सङ्घीय सरकारले आवश्यक नीति बनाइ भारतीय पर्यटकलाई नेपालमा आकर्षित गर्नुपर्ने मुख्यमन्त्री सिंहले सुझाव दिए । उनले अहिले मुलुकभरि लगानीको वातावरण बनिरहेको र यसबाट राष्ट्रले राम्रो प्रतिफल प्राप्त गर्नसक्ने बताए।  

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सङ्घीय संरचनामा देश गए पनि कतिपय कानुन पुराना भएका कारण  समस्या भइरहेको बताए। उनले सङ्घीय संरचनालाई बलियो बनाउन कानुनी र संरचनामा देखिएको जटिलता फुकाउन आवश्यक रहेको बताए। 

प्रकाशित मिति : १८ बैशाख २०८२, बिहीबार  ७ : २५ बजे

तनहुँको आँबुखैरेनीमा ४५ रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती

तनहुँ– दसैँको रौनकसँगै तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूल यानचोकका बारी

सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पतालका लागि २५ करोड

म्याग्दीको भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–२ स्थित भसभसेको पहिरो म्याग्दी र मुस्ताङलाई

कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित, महामन्त्रीमा पौडेल र राणा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना

आज नवरात्रको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– नवरात्रको दोस्रो दिन आज दसैँ घर वा पूजा कोठामा