आईपीलको दोस्रो क्वालिफायरमा बुमराह हेर्न लायक खेलाडी « Khabarhub

आईपीलको दोस्रो क्वालिफायरमा बुमराह हेर्न लायक खेलाडी


१८ जेष्ठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को दोस्रो क्वालिफायर आइतबार हुँदै छ। पाँच पटकको विजेता मुम्बई इन्डियन्स र अहिलेसम्म उपाधि जित्न नसकेको पन्जाब किङ्स फाइनल प्रवेशका लागि खेल्ने छन्। रोयल च्यालेन्जर बंगलोरु (आरसिबी) भने फाइनल प्रवेश गरिसकेको छ।

दोस्रो क्वालिफायर खेलमा दुई टोलीका केही समानता पनि छन्। मुम्बईका कप्तान हार्दिक पाण्डेको विरुद्धमा पन्जाबका कप्तान श्रेयास तथा जसप्रित बुमराह जस्तै सिम बलर आर्सदीप सिंह मध्य को उत्कृष्ट भन्ने टुङ्गो यसै खेलमा लाग्ने छ।

साताको सुरुवातमा नै भएको खेलमा मुम्बईलाई नै हराएर पन्जाब पहिलो क्वालिफायरका लागि छनोट भएको थियो।

विस्फोटक टोली पन्जाबले १५ पारीमा २०० रनको आँकडा पार गरिसकेको छ। मुम्बईमा भने सात शीर्ष ब्याट्सम्यानमध्ये अन्तर्राष्ट्रिय अनुभव नभएका एक जना मात्र छन्। सुरुवातमा कमजोर प्रदर्शन गरेको मुम्बईले स्टार बलर जसप्रित बुमराह फिट भएर खेल्न सुरु गरेपछि कम ब्याक गरेको हो।

फेरि पनि बुमराहकै चार ओभर प्रभावकारी हुने अपेक्षा गरिएको छ। आइतबार बंगलोरका लागि युजभेन्द्र चावल फर्कने सम्भावना छ।

प्रकाशित मिति : १८ जेष्ठ २०८२, आइतबार  ६ : ५५ बजे

एनपीएलको तेस्रो संस्करण आजदेखि, उद्घाटन खेलमा सुदूरपश्चिम र लुम्बिनीबीच प्रतिस्पर्धा

काठमाडौँ– नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि सुरु

कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन सुरु हुने कात्तिक

आज सोमबार, भगवान शिवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६

आज २०८३ साल कात्तिक ९ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ