कर्णाली डेभलपमेन्ट बैंकको साढे दुई अर्ब हिनामिना, फरार रहेका तत्कालीन सञ्चालक राय पक्राउ « Khabarhub

कर्णाली डेभलपमेन्ट बैंकको साढे दुई अर्ब हिनामिना, फरार रहेका तत्कालीन सञ्चालक राय पक्राउ


१८ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कर्णाली डेभलपमेन्ट बैंकको २ अर्ब ५० करोड रुपैयाँभन्दा धेरै हिनामिना प्रकरणमा तत्कालीन सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत राजेन्द्रवीर राय पक्राउ परेका छन् ।

उक्त बैंकका संस्थापक अध्यक्ष/प्रमुख कार्यकारी अधिकृत रायलाई शनिबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले रुपन्देहीबाट पक्राउ गरेको हो ।

उक्त पटक पटक सञ्चालक समिति अध्यक्ष पदमा रहँदा उक्त बैंकमा संकलन भएको बचतकर्ताहरूको २ अर्ब ५० करोड भन्दा बढी रकम हिनामिना गरी फरार थिएओ ।

लामो समयदेखि फरार उनलाई ब्यूरोबाट खटिएको अनुसन्धान टोलीले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-१ बेलहियापक्राउ गरी बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसूरमा नेपाल राष्ट्र बैंकको समन्वयमा थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।

६५ वर्षीय राय सल्यान जिल्ला घर भई हाल बाँकेको नेपाल नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २० मा बस्दै आएका खुलेको छ।

प्रकाशित मिति : १८ जेठ २०८२, आइतबार  १२ : ०८ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ