८० लाखमा निर्मित कुश्माबजारको घण्टाघर दुई वर्षदेखि प्रयोगहीन | Khabarhub Khabarhub

८० लाखमा निर्मित कुश्माबजारको घण्टाघर दुई वर्षदेखि प्रयोगहीन


१८ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

पर्वत– आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणका लागि पर्वत सदरमुकाम कुश्माबजारमा निर्माण गरिएको घण्टाघर दुई वर्षदेखि प्रयोगहीन बनेको छ । 

कुश्मा नगरपालिकाको गौरवको योजनाअन्तर्गत वडा नं ५ बञ्जिसाइडमा निर्माण गरिएका घण्टाघरले पूर्णता पाउनसमेत सकेको छैन। नगरपालिकाको ८० लाख रुपैयाँ लागतमा निर्माण घण्टाघरलाई साँचो लगाएर राखिएको छ भने बाहिरी संरचना जीर्ण बन्दै जान थालेका छन् । 

स्थानीयवासी व्यवसायी बमबहादुर पुनले पर्यटक आकर्षण गर्न बनाइएको घण्टाघर प्रयोगहीन भएको बताए ।  घण्टाघर वरिपरिका घरभन्दा पनि होचो संरचना बनाइएको छ । आर्थिक वर्ष २०७७/७८ को बजेटबाट निर्माण सुरु भएको उक्त संरचना बनाउनुभन्दा पहिलादेखि नै विवादित हुँदै आएको थियो । 

 कुश्मा –५ का वडाध्यक्ष रामहरि चापागाईँले अघिल्लो कार्यकालमा निर्वाचित जनप्रतिनिधिले निर्माण गरेको हुँदा सबै जानकारी नभएको बताए । दुई वर्ष अगाडि नै निर्माण सम्पन्न भएको भए पनि टावरमा ताला लगाएर राखिएको उनको भनाइ छ । 

कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले आगामी वर्षको बजेटबाट घण्टाघरलाई पूर्णता दिने जानकारी दिए। उपप्रमुख स्वस्थानी रिजालले नगरभित्र निर्माण भएका संरचनालाई संरक्षण गरी सञ्चालनमा ल्याउने दायित्व नगरको भएकाले समयमा सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिइन् ।
 
घण्टाघर सञ्चालनका लागि नयाँ कुनै योजना नभएकाले कसरी सञ्चालन गर्ने भन्नेमा कुनै छलफलसमेत नभएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेलले बताए ।

उनले घण्टाघरको निर्माण सम्पन्न भएर गत वर्ष नै भुक्तानी भइसकेको र त्यसमा प्रयोग हुने घडी नेपालमा नपाइने भएकाले उपयोग गर्न नसकिएको दाबी गरे ।

साहसिक पर्यटनको हब बन्दै गएको कुश्मामा रहेको विश्वकै दोस्रो अग्लो बञ्जि र विश्वकै लामो सुपरम्यान शैलीको जीपलाइन नजिकै रहेको उक्त घण्टाघरलाई समयमै पूर्णता दिन सकेमा पर्यटकको आकर्षण बढ्ने स्थानीय शिशिर पौडेलले बताए । –रासस
 

प्रकाशित मिति : १८ जेठ २०८२, आइतबार  १२ : १४ बजे

मोरङका १६ पालिकाको बजेट १६ अर्ब ५७ करोड

मोरङ– आगामी आर्थिक वर्ष २०८२-८३ का लागि यहाँका १६ स्थानीय

पारसको क्यारिकेचरले अग्लिएको भरतमणिको क्रेज !

काठमाडौं – ताप्लेजुङको सदमुकाम फुङलिङ बजारको आडै रहेको दोहु गाउँमा

मन्त्रीपरिषद्को निर्णय : उद्योग वाणिज्य प्रवर्धन परिषद् आदेश, २०८२ स्वीकृत गर्ने

काठमाडौं– सरकारले उद्योग वाणिज्य प्रवर्धन परिषद् आदेश, २०८२ स्वीकृत गर्ने

सुनसरीका चार स्थानीय तहको बजेट सार्वजनिक

इनरुवा – सुनसरीका चार स्थानीय तहले मंगलबार नीति तथा कार्यक्रम

सिरहा नगरपालिकाले अझै ल्याएन नीति तथा कार्यक्रम र बजेट 

सिरहा – यहाँको सिरहा नगरपालिकाले आर्थिक वर्ष २०८२-०८३ का लागि