चीनले जासुसी गतिविधि बढायो : डच रक्षामन्त्री « Khabarhub

चीनले जासुसी गतिविधि बढायो : डच रक्षामन्त्री


१८ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– डच रक्षामन्त्रीले आफ्ना उद्योगहरुमा चीनले जासुसी गतिविधिलाई बढाएको आरोप लगाएका छन् । सिङ्गापुरमा आयोजना भइरहेको शाङ्ग्री–ला संवादका क्रममा डच रक्षामन्त्री रुबिन ब्रेकेल्मान्सले चीनमाथि यस्तो आरोप लगाएका हुन् ।

उनले सेमिकण्डक्टर उद्योगलाई लक्षित गरी जासुसी गतिविधि गरिरहेको आरोप लगाएका हुन् । गत वर्षको अप्रिल महिनामा डच सैन्य जासुसी निकायले नेदरल्याण्ड्सको सेमिकण्डक्टर, हवाइ र समुद्री उद्योगलाई चिनियाँ जासुसहरुले निशाना बनाएको प्रतिवेदन सार्वजनिक गरेको थियो ।

समाचार संस्था रोयटर्सका अनुसार शाङ्ग्री–ला संवादको साइडलाइनमा मन्त्री ब्रेकेल्मान्सलाई यसबारे सोधिएको थियो । जवाफमा उनले चिनियाँ जासुसी गतिविधि अझै चलिरहेको र चीनबाट साइबर जोखिम पनि बढिरहेको बताएका थिए ।

चिनियाँ गतिविधि अझै बढ्दो क्रममा रहेको उनको भनाइ छ ।

यसबारे चिनियाँ विदेश मन्त्रालयले कुनै टिप्पणी नगरेको रोयटर्सले उल्लेख गरेको छ । चीनले यस्ता आरोपको खण्डन गर्दै आएको छ ।

प्रकाशित मिति : १८ जेठ २०८२, आइतबार  १२ : ४१ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा