आजदेखि सप्तकोशीमा डल्फिन गणना सुरु | Khabarhub Khabarhub

आजदेखि सप्तकोशीमा डल्फिन गणना सुरु


१८ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

इटहरी– कोशी टप्पु वन्यजन्तु आरक्षले आजदेखि सप्तकोशी नदीमा पाइने डल्फिनको गणना सुरु गरेको छ । आरक्षले सप्तकोशीमा पाइने डल्फिनको गणना प्रत्येक वर्ष गर्दै आएको छ । यहाँ पाइने गंगेटिक प्रजातिको डल्फिनको गणना यस वर्ष  आरक्षले सुरु गरेको हो ।

सप्तकोशीमा सन् २०२२ देखि नियमितरुपमा डल्फिनको  गणना हुँदै आएको कोशी टप्पु वन्यजन्तु आरक्षका वरिष्ठ संरक्षण अधिकृत भूपेन्द्रप्रसाद यादवले जानकारी दिए । 

उनले यस वर्ष राष्ट्रिय प्रकृति संरक्षण कोष, कोशी प्रदेश कार्यालय तथा काठमाडौंस्थित हिमालयन नेचर संस्थालगायतको प्राविधिक सहकार्यमा सुरु गरिएको बताए । उनले चेतनशील स्तनधारी जलचरको रूपमा चिनिने डल्फिन दुर्लभ मानिने जानकारी गराए ।  

आरक्षका अनुसार गङ्गा सागरबाट कोशी नदीसम्मको यात्रा गर्ने यी डल्फिन सफा र गहिरो पानीमा विचरण गर्न मन पराउँछन् । चार दिनसम्म चल्ने गणना दुई विधिबाट सम्पन्न हुने बताइएको छ । 

सन् २०१२ मा ११ र २०१७ मा १७ डल्फिन देखिएपछि डल्फिनको संरक्षणलाई आरक्षले प्राथमिकता दिएको थियो । त्यसयता वार्षिक गणनाको अभ्यास थालिएको हो । आरक्षको तथ्याङ्कअनुसार २०२२ मा १७, २०२३ र २०२४ मा समानरुपमा १९ डल्फिन गणना गरिएको थियो ।

राष्ट्रिय प्रकृति संरक्षण कोषका कोशी प्रदेश संयोजक वीरेन्द्र गौतमले यस वर्ष डल्फिनको सङ्ख्या बढ्न सक्ने अनुमान व्यक्त गरे । रासस
 

प्रकाशित मिति : १८ जेठ २०८२, आइतबार  १२ : ५९ बजे

चाडपर्वका अवसरमा सावधानी अपनाउन एआइजी कार्कीको आग्रह

काठमाडौं– काठमाडौं उपत्यका प्रहरी प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर

कोरोला नाका स्तरोन्नति गरी व्यवस्थित रूपमा सञ्चालन गर्न अध्यक्ष ढकालको आग्रह

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुस्ताङमा अवस्थित

प्रधानमन्त्रीको मुख्य सल्लाहकारमा पत्रकार अजयभद्र खनाल

काठमाडौं- अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको मुख्य सल्लाहकारमा पत्रकार अजयभद्र

मुख्यमन्त्री शाहद्वारा गोदावरी नगरपालिकाको स्थलगत अनुगमन

गोदावरी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको गोदावरी नगरपालिकामा गत

धरानका मेयर साम्पाङले खोले ‘श्रम संस्कृति पार्टी’, दर्ताका लागि आयोगमा निवेदन

काठमाडौं– धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङले निर्वाचन आयोगमा दल दर्ताका