प्रदेश अस्पताल ५० शय्यामा स्तरोन्नति गरिँदै « Khabarhub

प्रदेश अस्पताल ५० शय्यामा स्तरोन्नति गरिँदै


१८ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

दमौली– जिल्ला सदरमुकामस्थित प्रदेश अस्पताल दमौलीलाई ५० शय्यामा स्तरोन्नति गर्ने प्रदेश सरकारले निर्णय गरेको छ । केही दिनअघि बसेको प्रदेशस्तरीय मन्त्रिपरिषद् बैठकले अस्पतालको स्तरोन्नति गर्ने निर्णय गरेको हो । 

हाल दमौली अस्पताल १५ शय्यामा सञ्चालन भइरहेकामा सरकारले स्तरोन्नति गर्ने निर्णय गरेसँगै सोहीअनुसार दरबन्दी थप हुने अस्पतालका प्रमुख डा परिवर्तन बरालले जानकारी दिए । उनका अनुसार १५ शय्या स्वीकृतिको अस्पतालले हाल ५४ शय्यामा सेवा दिइरहेको छ । 

अस्पतालमा सर्पदंश केन्द्र, रक्तसञ्चार केन्द्रको क्षमता वृद्धि, फोहरमैला व्यवस्थापन, डायलासिस सेवाको क्षमता वृद्धिका साथै अस्पताललाई ट्रमा सेन्टरका रूपमा विकास गर्नुपर्ने आवश्यकता रहेको डा बरालले बताए । 

उनले भने, ‘बढ्दो सहरीकरणसँगै अस्पतालमा सेवाग्राहीको चाप बढ्दो छ, हाल भइरहेको जनशक्ति र क्षमताले सेवा प्रवाहमा कठिनाइ भइरहेको छ ।’

उनका अनुसार अस्पतालमा एक सय १५ जनाको जनशक्ति छ । विशेषत्र चिकित्सक ३१, नर्स ३६, प्रयोगशालाका कर्मचारी छ, प्रशासनका कर्मचारी सात, १३ जना अन्य प्रविधिक र २२ जना सहायक सेवामा कार्यरत रहेका उनले जानकारी दिए ।

अस्पतालले गत आर्थिक वर्षमा ९८ हजार ३५६ जनालाई स्वास्थ्य सेवा प्रदान गरेको अस्पतालका प्रमुख डा बरालले बताए । विसं २०३४ मा स्वास्थ्य चौकीका रूपमा स्थापना भई विसं २०५५ मा प्राथमिक स्वास्थ्य केन्द्रमा स्तरोन्नति भएको यस अस्पताल विसं २०५९ मा अस्पतालका रूपमा स्तरोन्नति भएको थियो । 

अस्पतालमा फोहरपानी र फोहरमैला व्यवस्थापनका लागि ‘अटोक्लेप्स’सहित भवन निर्माण, आँखासम्बन्धी सेवा सञ्चालन, अत्याधुनिक दाँत सेवा, एनेस्थेसिया सेवा, भेन्टिलेटरसहित आइसियु कक्ष, अत्याधुनिक ल्याब, डिजिटल एक्सरे, निःशुल्क औषधि कक्षलगायत सेवा विस्तार भइसकेको छ । साथै शव राख्नका लागि दुई तह भएको दुई वटा मर्चरी चेम्बरको पनि व्यवस्था गरिएको अस्पतालले जनाएको छ । 

अस्पतालले इमर्जेन्सी सेवा, फार्मेसी, एआरटी, ल्याब्रोटोरी, दन्त, आँखा सेवाका अतिरिक्त मानसिक उपचार र डायलासिस सेवासमेत प्रदान गर्दै आइरहेको छ । रासस
 

प्रकाशित मिति : १८ जेठ २०८२, आइतबार  १ : २५ बजे

विश्वप्रकाश आगामी चुनावमा नउठ्ने, भने : बाँचुञ्जेल क्षेत्र कब्जा गर्ने पक्षमा म छैन

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी फागुन २१ मा

थाइल्यान्डले सीमा क्षेत्रमा मूर्ति हटायो

एजेन्सी– थाइल्यान्ड सरकारले आफ्नो सेनाले कम्बोडियासँगको विवादित सीमा क्षेत्रमा रहेको

नाग्म–गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला– नाग्म–गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ ।

दीक्षित आमा भन्छन्- इच्छाशक्ति र परिवारको साथ मिले सफलताको ढोका बन्द हुँदैन

काठमाडौं– बच्चा हुर्काउँदै अध्ययनलाई निरन्तरता दिनु पक्कै पनि सामान्य होइन्

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन