युक्रेनको सीमाछेउ पुल भत्किँदा रुसमा सात जनाको मृत्यु, दर्जनौँ घाइते | Khabarhub Khabarhub

युक्रेनको सीमाछेउ पुल भत्किँदा रुसमा सात जनाको मृत्यु, दर्जनौँ घाइते


१८ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

मस्को- युक्रेनको सिमानामा रहेका दुई अलग रूसी क्षेत्रमा रातभरि पुलहरू भत्किँदा सात जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएको अधिकारीहरूले आइतबार बताएका छन् । रेल अधिकारीहरूले कम्तीमा एउटा घटनालाई ‘अवैध हस्तक्षेप’ को आरोप लगाएका छन् ।

युक्रेनको सिमानामा रहेको रुसको ब्रायन्स्क क्षेत्रमा शनिबार राति एउटा सडक पुल रेलवे लाइनमा खस्दा मस्कोतर्फ गइरहेको यात्रु रेल लिकबाट बाहिरियो र सात जनाको मृत्यु भयो ।

छिमेकी कुर्स्क क्षेत्रमा एक अलग रेल पुल पनि रातभरि भत्किँदा मालवाहक रेल लिकबाट खस्दा चालक घाइते भएको अधिकारीहरूले बताएका छन् ।

अधिकारीहरूले दुर्घटनाको कारण बताएनन् र घटनाहरूको विस्तृत विवरण प्रदान गरेनन्, तर अभियोजकहरूले अनुसन्धान सुरु गरेको बताएका छन् ।

ब्रायन्स्क क्षेत्रबाट सामाजिक सञ्जालमा पोस्ट गरिएका भिडियोहरूमा राष्ट्रिय अपरेटर रुसी रेलवेको भत्किएको रेलको फ्रेममाथि उद्धारकर्ताहरू चढिरहेको देखिएको थियो भने अर्को भिडियोमा चिच्याहटको आवाज सुनिएको थियो ।

“रेलवे ट्र्याकमा पुल खसेका कारण सात जनाको मृत्यु भएको छ”, ब्रायन्स्क क्षेत्रका गभर्नर अलेक्जान्डर बोगोमाजले टेलिग्राममा लेखेका छन् ।

तीन बालबालिका सहित कम्तीमा ६६ जना घाइते भएको संशोधित सङ्ख्या दिँदै उनले बताए ।

कुर्स्क क्षेत्रमा भएको छुट्टै घटनामा एउटा रेल पुल सडकमा भत्किएर मालवाहक रेल लिकबाट खसेको थियो ।

“हिजो राति… झेलेजनोगोर्स्क जिल्लामा मालवाहक लोकोमोटिभ जाँदै गर्दा एउटा पुल भत्कियो । रेलको केही भाग पुलमुनिको सडकमा खस्यो”, कुर्स्क क्षेत्रका गभर्नर अलेक्जान्डर खिन्स्टेनले टेलिग्राममा भने, “एकजना लोकोमोटिभ चालकको खुट्टामा चोट लागेको छ र सम्पूर्ण चालकदललाई अस्पताल लगिएको छ ।”

– अवैध हस्तक्षेप –

दुवै दुर्घटनाको कारणबारे रुसी अनुसन्धानकर्ताहरूले तत्काल कुनै टिप्पणी गरेका छैनन् ।

राज्यको स्वामित्वमा रहेको रेलवे अपरेटर मस्को रेलवेले एक अनलाइन पोस्टमा ब्रायन्स्क क्षेत्रमा भएको घटनालाई ‘यातायात सञ्चालनमा अवैध हस्तक्षेप’ भएको आरोप लगाएको थियो ।

तर पछि यसले आफ्नो पोस्टबाट ‘अवैध हस्तक्षेप’ को सन्दर्भ हटाएको देखिन्छ ।

रुसले अघिल्ला घटनाहरूका लागि दोष लगाएको युक्रेनले तुरुन्त टिप्पणी गरेन ।

मध्य मस्कोमा रहेका एएफपी रिपोर्टरले घाइते यात्रुहरूको आगमनको पर्खाइमा किभस्की रेलवे स्टेशनमा एम्बुलेन्सहरू पार्क गरिएको देखे ।

ब्रायन्स्क क्षेत्रको सामाजिक सञ्जाल खाताबाट पोस्ट गरिएको एउटा भिडियोमा प्रत्यक्षदर्शीहरू मद्दत खोज्न हतारिँदै गर्दा कसैको चिच्याएको आवाज सुनिएको थियो ।

“पुल कसरी खस्यो रु त्यहाँ बालबालिकाहरू छन् !”, भिडियोमा एउटी महिलाको चिच्याउने आवाज सुन्न सकिन्छ ।

रुसको आपत्कालीन मन्त्रालयले ब्रायन्स्क क्षेत्रमा एउटा टोली घटनास्थलमा रहेको बताएको छ भने रूसी रेलवेले घटनास्थलमा मर्मत रेलहरू पठाएको बताएको छ ।

सन् २०२२ मा मस्कोले युक्रेनविरुद्ध आक्रमण सुरु गरेदेखि रुस दर्जनौँ विध्वंसकारी आक्रमणको चपेटामा परेको छ । धेरै आक्रमणले यसको विशाल रेलमार्ग नेटवर्कलाई लक्षित गरेका छन् ।

युक्रेनमा लडिरहेका आफ्ना सेनाका लागि सेना र हतियार ढुवानी गर्न रुसले रेलमार्ग प्रयोग गरेको किएभले बताएको छ ।

तीन वर्ष लामो द्वन्द्व अन्त्य गर्न अमेरिकी नेतृत्वको कूटनीतिक दबाबका बीच इस्तानबुलमा रूसी र युक्रेनी अधिकारीहरू बीचको सम्भावित बैठकको पूर्वसन्ध्यामा यी घटनाहरू भएका थिए ।

-रासस

प्रकाशित मिति : १८ जेठ २०८२, आइतबार  १ : ३१ बजे

मन्त्री पाण्डेले दिए पर्वतारोहण सङ्घका नवनिर्वाचित कार्यसमितिलाई बधाई

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल पर्वतारोहण

उखु किसानलाई अनुदान रकम निकासा, पर्सिसम्म किसानको खातामा रकम पुग्ने

काठमाण्डौं– सरकारले उखु किसानहरुलाई प्रोत्सहान, अनुदानबापतको रकम आज निकासा गरेको

हैजा फैलिएपछि वीरगञ्जका विद्यालय भदौ १३ सम्म बन्द

वीरगञ्ज- पर्साको वीरगञ्ज महानगरपालिकाभित्रका विद्यालयहरू भदौ १३ सम्म बन्द गरिने

ईश्वरी न्यौपाने राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको पदमा निर्विराेध निर्वाचित

काठमाडौं- नेपाली कांग्रेसकी सांसद् ईश्वरी न्यौपाने राज्य व्यवस्था तथा सुशासन

महिला प्रतिनिधित्व स्थापित गर्न मङ्गलादेवीको योगदान अतुलनीय : मन्त्री सिंह

काठमाडौं– उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले राज्य सञ्चालनका विभिन्न