गाजाको सहायता वितरण केन्द्रलाई लक्षित गरी इजरायलको आक्रमण, ३० जनाको मृत्यु « Khabarhub

गाजाको सहायता वितरण केन्द्रलाई लक्षित गरी इजरायलको आक्रमण, ३० जनाको मृत्यु


१८ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इजरायली अधिनस्थ गाजा क्षेत्रको सहायता वितरण केन्द्रलाई लक्षित गरी आक्रमण गर्दा ३० जनाको ज्यान गएको छ ।

गाजाको रफाह शहरमा रहेको सहायता वितरण केन्द्रलाई लक्षित गरी इजरायलले आक्रमण गरेको प्यालेस्टाइनको वाफा समाचार संस्थाले जनाएको छ ।

आक्रमणका क्रममा अरु १ सय १५ जना घाइते भएका छन् । रफाहमा गाजा ह्युमानिटेरियन फाउन्डेसन नामक संस्थाले सञ्चालन गर्दै आएको सहायता वितरण केन्द्रलाई लक्षित गरी आक्रमण भएको जनाइएको छ ।

उक्त संस्थाले हालैमात्र गाजा क्षेत्रमा सहायता प्रदान गर्दै आएको थियो । घटनाबारे अनुसन्धान भइरहेको इजरायलले जनाएको छ।

प्रकाशित मिति : १८ जेठ २०८२, आइतबार  २ : २६ बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

आज २०८२ साल पुस २८ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष

बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई निवेदन दिन आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता