नासाको नेतृत्वबाट इसाकम्यानलाई हटाइयो « Khabarhub

नासाको नेतृत्वबाट इसाकम्यानलाई हटाइयो


१८ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नासाको प्रमुख जेरेड इसाकम्यानलाई फिर्ता बोलाएका छन् । शनिबार ह्वाइट हाउसले नयाँ उम्मेदवारको घोषणा छिट्टै गरिने बताएको छ । 

राष्ट्रपति ट्रम्पले आफ्नै लगानीमा सञ्चालित सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, ‘नासाको प्रमुखका लागि जेरेड इसाकम्यानको मनोनयन फिर्ता लिएको छु । म चाँडै नै नयाँ मनोनीतको घोषणा गर्नेछु । नयाँ उम्मेदवार छिट्टै मिसनमा आबद्ध हुनुहुनेछ र अमेरिकालाई अन्तरिक्षको दोडमा पहिलो स्थानमा राखिरहन नेतृत्व गर्नुहुनेछ।’

गत वर्षको अन्त्यमा ट्रम्पले अर्बपति तथा निजी अन्तरिक्ष यात्री इसाकम्यानलाई नासाको प्रमुखको रूपमा मनोनीत गरेका थिए  । सिनेटको वाणिज्य, विज्ञान र यातायात समितिले अप्रिलको अन्त्यमा उनको नामाङ्कनलाई अनुमोदन गरेको थियो ।

मस्कका निकट सहयोगी तथा उनको कम्पनी स्पेसएक्सका महत्त्वपूर्ण सेवाग्राही आइज्याकम्यानले कम्पनीबाट करोडौँ डलरमा थुप्रै निजी अन्तरिक्ष उडान किनेका छन् ।  रासस
 

प्रकाशित मिति : १८ जेठ २०८२, आइतबार  ५ : ३५ बजे

भियतनाममा युटिआर अन्तरराष्ट्रिय टेनिस खेल्दै अभिषेक

कास्की – पोखरेली टेनिस खेलाडी अभिषेक बास्तोलाले नेपालको प्रतिनिधित्व गर्दै

महिला भलिबल प्रतियोगिताः एपिएफ र न्यु डायमन्ड विजयी

झापा – आजदेखि सुरु भएको राष्ट्रिय खुला महिला भलिबल प्रतियोगितामा

दोलखा र जुम्लाको तापक्रम माइनसमा

काठमाडौं- नेपालमा क्रमशः चिसो बढ्दै गइरहेका बेला बुधबार दुई जिल्लाको

फाफ डु प्लेसिससँग खेल्दा सपनाजस्तै लाग्यो: लोकेश बम

काठमाडौँ- दक्षिण अफ्रिकी स्टार ब्याटर फाफ डु प्लेसिससँग खेल्नु सपना

दलित समुदायका लागि सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री कार्की

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले दलित समुदायका लागि संविधान र