आँखै कालो हुनेगरी कसले हान्यो मस्कलाई मुक्का ? « Khabarhub

आँखै कालो हुनेगरी कसले हान्यो मस्कलाई मुक्का ?


१८ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वका धनाढ्य अर्बपति उद्यमी इलोन मस्कको आँखामा कालो दाग देखिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगै ह्वाइट हाउसमा देखा परेका मस्कको आँखामा कालो दाग देखिएको हो ।

यस्तोमा कसैले उनको अनुहारमा मुक्का हानेको हुनसक्ने हल्ला फैलिएको छ । मस्कले यसबारे प्रष्टोक्ति दिएका छन् ।

खासमा सरकारी चुस्तता विभागको जिम्मेवारीबाट बाहिरिने बेला मस्क ट्रम्पसँगै देखा परेका थिए । ट्रम्पको छेउमा उभिएका मस्कको आँखामा स्पष्टसँग कालो दाग देखिएको थियो ।

त्यसपछि पत्रकारहरुले उनीसँग यसबारे जवाफ मागेका थिए । यसको जवाफमा मस्कले आफू फ्रान्सनजिकै नगएको हास्यास्पद टिप्पणी गरेका थिए ।

हालै आफ्नी श्रीमतीबाट मुक्का खाएका फ्रान्सेली राष्ट्रपति इम्मानुएल म्याक्रोँलाई लक्षित गरी मस्कले यस्तो टिप्पणी गरेको अमेरिकी सञ्चार माध्यमले जनाएका छन् । केही दिनअघि भियतनाम भ्रमण गर्ने क्रममा म्याक्रोँलाई फ्रान्सकी प्रथम महिला ब्रिजेटले राष्ट्रपतीय जहाजमै मुक्का हानेको भिडियो भाइरल भएको थियो ।

ट्रम्पसँगको भेटमा मस्कले आफूलाई छोरा एक्सले मुक्का हानेको प्रष्ट्याएका थिए । जिस्किरहेका बेला आफैँले एक्सलाई मुक्का हान्न लगाएको उनले बताए ।

पछि ट्रम्पले मस्कको बचाउ गर्दै ‘एक्सले नै गरेको हुनुपर्छ’ बताएका थिए ।

शुरुमा मुक्का हान्दा आफूलाई केही नभएपनि पछि आँखामा दाग बसेको मस्कले बताए ।

प्रकाशित मिति : १८ जेठ २०८२, आइतबार  ५ : ०५ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ