आमिर खानले अभिनयबाट सन्यास लिन लागेका हुन् ? « Khabarhub

आमिर खानले अभिनयबाट सन्यास लिन लागेका हुन् ?


१८ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आमिर खानको महत्वाकांक्षी फिल्म ‘सितारे जमिन पर’ जुन २० मा प्रदर्शनमा आउँदैछ । उनी अहिले यस फिल्मको प्रचारमा व्यस्त छन् ।

यो फिल्ममा आमिर खानको ‘आमिर खान प्रोडक्सन’को ब्यानरमा बनेको हो । फिल्ममा उनको पनि लगानी रहेको छ ।

आमिरले विभिन्न अन्तर्वार्तामा यस फिल्म आफ्नो महत्वाकांक्षी प्रोजेक्ट रहेको बताउँदै आएका थिए । फिल्ममा उनको बहुभूमिकाले यो कुरा प्रस्ट हुन्छ, उनी नायकका रुपमा मात्रै सीमित छैनन् । लगानी पनि गरेका छन् ।

यो फिल्म प्रदर्शनमा आउन तीन साता बाँकी हुँदै आमिर नयाँ प्रोजेक्टलाई लिएर चर्चामा छन् । उनले यस फिल्मको प्रचारको क्रममा नै प्रोजक्टबारे खुलासा गरेका हुन् ।

आगामी फिल्मलाई आमिरले ‘ड्रिम प्रोजेक्ट’ बताएका छन् । उक्त फिल्म हो, ‘महाभारत’ । यसको काम ‘सितारे जमिन पर’ प्रदर्शनमा आएपछि सुरु गर्ने बताएका छन् ।

‘महाभारत’फिल्मपछि उनले अभिनयबाट सन्यास लिने संकेत गरेका छन् । उनले राज शमानीसँगको पोडकास्टमा भनेका छन्, ‘मेरो सपना महाभारत बनाउनु हो । मेरो लागि महाभारत यस्तो प्रोजेक्ट हो- जसले मलाई अब मैले गर्ने केही बाँकी छैन भन्ने महसुस गराउन सक्छ । महाभारतमा जीवनका सबै पाटा यसमा पाइन्छ ।’

आमिरको यही अभिव्यक्तिलाई ‘उनले फिल्मबाट सन्यास लिने सकंते गरेका हुन्’ भन्ने कोणबाट बलिउडमा चर्चा भइरहेको छ ।
उनले महाभारत ‘लार्ज क्यान्भास’को फिल्म रहेको समेत बताएका छन् । यस फिल्ममा पनि आमिर निर्माताको जिम्मेवारीमा समेत रहने बताइएको छ ।

६० वर्षीय आमिरले यसअघि पनि सन्यास लिने चर्चा चलेको थियो । अर्को चर्चा पनि थियो- सन्यासका लागि उनी एक बल्कबस्टर फिल्मको पर्खाइमा छन् ।

उनले आफ्नो ड्रिम प्रोजेक्ट ‘महाभारत’ बताएपछि अमिर सन्यासको लागि पर्खिएको फिल्म यही हो भन्ने चर्चासमेत भइरहेको छ ।

प्रकाशित मिति : १८ जेठ २०८२, आइतबार  ६ : ४४ बजे

चुनाव नजिकिँदै गर्दा संस्थापक नेताहरूले छाड्न थाले रास्वपा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पक्षमा चुनावी लहर आएको

बाँकेका सीमावर्ती पसलमा अवैध भारतीय ‘अण्डा’ फेला

नेपालगन्ज– बाँकेका सीमावर्ती पसलमा नेपाल सरकारले प्रतिबन्ध लगाएको भारतीय ‘अण्डा’

अन्नपूर्णबाट करिब चार करोड मूल्य बराबरको सुन्तला बिक्री

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका किसानले यस वर्ष सुन्तला बिक्री गरेर

टिपरको ठक्करबाट एक व्यक्तिको मृत्यु भएपछि बनेपामा तनाव (तस्बिरहरू)

बनेपा– अरनिको राजमार्ग अन्तर्गत काभ्रेको बनेपास्थित चाँदनी चोकमा टिपरले स्कुटरलाई

पर्वले समुदायबीच सम्बन्ध मजबुत बनाउँछ : राष्ट्रियसभा अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले पर्वले विविध जातजाति र समुदायका