आईपीएल क्वालिफायर-२ : मुम्बई र पञ्जाब भिड्नै लाग्दा पानी बन्यो भिलेन « Khabarhub

आईपीएल क्वालिफायर-२ : मुम्बई र पञ्जाब भिड्नै लाग्दा पानी बन्यो भिलेन


१८ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल-२०२५) को क्वालिफायर-२ मा मुम्बई इन्डियन्स र पञ्जाब किङ्स भिड्दैछन् ।

गुजरातस्थित अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा यो खेल खेलिँदैछ। पञ्जाबले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरिसकेको छ । तर, टसपछि अहमदाबादमा पानी पर्न थालेको छ ।

यस खेलमा पञ्जाबका युजवेन्द्र चहलको पुनरागमन भएको छ। उनी चोटका कारण अघिल्ला तीन खेलमा देखिएका थिएनन्। मुम्बईको तर्फबाट रीस टप्लीले स्थान पाएका छन् भने रिचर्ड ग्लिसन घाइते छन्।

टसअघि स्टेडियम नजिकैको मोटेरा मेट्रो स्टेशनबाहिर भागदौड मच्चिएको थियो । त्यहाँ मुम्बई इन्डियन्सको जर्सी निःशुल्क बाँडिँदै थियो । त्यसलाई लिन समर्थकहरू दौडिँदा तनाव भएको हो । भीड अत्यधिक भएकाले स्टेडियमको गेट नम्बर १ बाहिर चर्को ट्राफिक जाम भएको छ ।

यो खेलको विजेता टोली जुन ३ मा हुने फाइनलमा रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) सँग भिड्नेछ । जसले पहिल्यै क्वालिफायर-१ जितेर फाइनलमा स्थान सुरक्षित गरिसकेको छ।

मुम्बईले एलिमिनेटर खेलमा गुजरात टाइटन्सलाई हराएर क्वालिफायर-२ मा स्थान बनाएको हो।

दुवै टोली पहिलोपटक प्लेअफमा आमनेसामने हुँदैछन् । यो सिजनमा यी दुईको यो दोस्रो भिडन्त हो। अघिल्लो खेलमा पञ्जाबले मुम्बईलाई ७ विकेटले हराएको थियो।

प्लेइङ-११

पञ्जाब किङ्स : श्रेयस अय्यर (कप्तान), प्रभसिमरन सिंह, जोश इंग्लिस, नेहल वाधेरा, शशांक सिंह, मार्कस स्टोइनिस, अजमतुल्लाह उमरजई, काइल ज्यामिसन, विजयकुमार वैशाख, अर्शदीप सिंह र युजवेन्द्र चहल।

मुम्बई इन्डियन्स : हार्दिक पाण्ड्या (कप्तान), रोहित शर्मा, जोनी बेयरस्टो, सूर्यकुमार यादव, तिलक वर्मा, नमन धीर, राज बावा, मिचेल स्यान्टनर, ट्रेन्ट बोल्ट, जसप्रीत बुमराह, र रीस टप्ली।

प्रकाशित मिति : १८ जेठ २०८२, आइतबार  ८ : ०२ बजे

मेची राजमार्गको राजदुवाली खण्ड भासियो, यातायात अवरुद्ध

इलाम– मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ ।

बैंककको एक बारमा भीषण आगलागी : २७ जनाको मृत्यु, ६० बढी घाइते

बैंकक– थाइल्याण्डको राजधानी बैंककस्थित एक बारमा आगलागी हुँदा कम्तिमा २७

अर्थसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न चारवटा समितिको बैठक आज

कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन

सुर्खेत– चालु आर्थिक वर्ष (आव) मा कर्णाली प्रदेश सरकारको ६१.९७

जयन्तीमा मात्रै जाग्ने भानुभक्तको जन्मथलो

तनहुँ– असार महिना लागेपछि चुँदीरम्घामा चहलपहल बढ्छ । आदिकवि भानुभक्त