भारतले इजरायललाई अत्याधुनिक हतियार प्रणाली निर्यात गर्ने « Khabarhub

भारतले इजरायललाई अत्याधुनिक हतियार प्रणाली निर्यात गर्ने


१८ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतले इजरायललाई अत्याधुनिक हतियार प्रणाली निर्यात गर्ने भएको छ । भारतीय समाचार च्यानल जी न्यूजका अनुसार भारतीय रक्षा कम्पनीले इजरायलसँग महत्वपूर्ण सम्झौता गरेको छ ।

यससँगै भारतले इजरायललाई अत्याधुनिक रकेट लन्चर प्रणाली निर्यात गर्नेछ । उक्त सम्झौताबारे विस्तृत जानकारी भने सार्वजनिक गरिएको छैन ।

उक्त सम्झौता १ हजार ४ सय करोड भारतीय रुपैयाँ बराबरको रहेको जी न्यूजले उल्लेख गरेको छ । भारतीय संस्थाले इजरायललाई निर्यात गर्ने रकेट लन्चर प्रणालीको मारक दूरी ३ सय किलोमिटरसम्म रहेको जनाइएको छ ।

पछिल्ला केही वर्षयता भारतबाट सैन्य उपकरण एवम् हतियार प्रणालीको निर्यात बढ्दै गएको छ । सन् २०१३–१४ मा भारतले हतियार एवम् रक्षा उपकरणको निर्यातबाट ६ सय ८६ करोड भारतीय रुपैयाँ आम्दानी गरेको थियो । त्यसको १० वर्षपछि अर्थात् सन् २०२३–२४ मा यो बढेर २३ हजार ६ सय २२ करोड भारतीय रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति : १८ जेठ २०८२, आइतबार  १२ : ०४ बजे

कांग्रेसको निर्णायक वार्ता महाराजगञ्जमा : सभापति देउवा र महामन्त्रीद्वयबीच छलफल

काठमाडौं – कांग्रेसको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवा निवास

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट

दुईवटा फर्म विभागको कारबाहीमा

काठमाडौं– नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती