प्रचण्डले भने : गणतन्त्र सबैको साझा उपलब्धि हो « Khabarhub

प्रचण्डले भने : गणतन्त्र सबैको साझा उपलब्धि हो


१८ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र नेपालका परिवर्तनकारी राजनीतिक दल र आमजनताको संयुक्त सङ्घर्षको प्रतिफल भएको बताएका छन् ।

पार्टीको सहायक सङ्गठन योङ कम्युनिष्ट लिग (वाइसिएल)को तेस्रो राष्ट्रिय सम्मेलनलाई आज यहाँ सम्बोधन गर्दै उनले गणतन्त्र माओवादी पार्टीको मात्रै हो भनेर राजावादीले जनतामा भ्रम सिर्जना गर्न खोजिरहेको भन्दै यस्तो बताएका हुन् ।

“गणतन्त्र सबैको साझा उपलब्धि हो, यसको संस्थागत र वैचारिक रक्षा गर्न सक्ने नेतृत्व माओवादीसँग छ”, अध्यक्ष दाहालले भने, “राजावादीहरू माओवादीले मात्र गणतन्त्र ल्याएको हो, गणतन्त्र प्रचण्डको हो भनेर प्रचार गर्छन् । यो सुन्दा मिठो लाग्न सक्छ, तर उनीहरूको उद्देश्य गणतन्त्रवादी शक्तिलाई फुटाउन सकिन्छ कि भन्ने हो, यसको सशक्त प्रतिवाद गर्नुपर्छ ।”

मुलुकलाई सङ्घीय लोकतान्तिक गणतन्त्रमा लैजान माओवादी जनयुद्धको महत्त्वपूर्ण भूमिका भए पनि तत्कालीन अवस्थामा नेपाली कांग्रेस, नेकपा (एमाले) र जनताको सहयात्राले गणतन्त्र स्थापना भएको अध्यक्ष दाहालको भनाइ थियो ।

वाइसिएलका इन्चार्ज रामप्रसाद सापकोटाले मुलुकमा गणतन्त्र ल्याउन लडेका युवा यसको रक्षा गर्न पनि अग्रपङ्क्तिमा उभिने बताए ।

प्रकाशित मिति : १८ जेठ २०८२, आइतबार  ८ : ०९ बजे

डलर उच्च बिन्दुमा : आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल चैत ८ गते आइतबार चैत

आज २०८२ साल चैत ८ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ८ गते आइतबार चैत

युएईका मानव वस्तीमा इरानको आक्रमणको २२ देशद्वारा निन्दा

तेहरान – संयुक्त अरब इमिरेट्स (युएई) सहित २२ देशले क्षेत्रीय

छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने

काठमाडौं – सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा