एलन मस्कमाथि खनिए ट्रम्प, भने- सरकारी अनुदान नपाएको भए कम्पनी बन्द गरेर दक्षिण अफ्रिका फर्किसक्थे « Khabarhub

एलन मस्कमाथि खनिए ट्रम्प, भने- सरकारी अनुदान नपाएको भए कम्पनी बन्द गरेर दक्षिण अफ्रिका फर्किसक्थे


१७ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खर्च विधेयकलाई लिएर विवाद चलिरहेको अवस्थामा एलन मस्कमाथि एक पटक फेरि आक्रमण गरेका छन् ।

ट्रम्पले आफ्नो सामाजिक सञ्जला ट्रुथ सोसियलमा एउटा धारणा सार्वजनिक गर्दै मस्क उनका कम्पनीहरूलाई दिइँदै आएको सरकारी अनुदानलाई निशाना बनाएका हुन् ।

राष्ट्रपति ट्रम्पले सम्बन्धमा चिसोपना बढ्दै गइरहेका बेला इतिहासमै कुनै पनि मानिसले नपाएको मात्रामा मस्कले अमेरिकी सरकारबाट अनुदान लिएको आरोप पनि लगाएका छन्।

सामाजिक सञ्जाल ट्रुथ सोसियलमार्फत् सार्वजनिक एक पोस्टमा ट्रम्पले इलेक्ट्रिक गाडी नीति (ईभी म्यानडेट) को चर्को आलोचना गरेका छन् ।

‘इलेक्ट्रिक गाडी ठीकै छन्, तर सबैलाई बाध्य गरेर किनाउन सकिँदैन। यस्तो म्यान्डेट मेरो सरकारको विरोधमा नै थियो र मस्कले पनि त्यो बुझेका थिए’, उनले भनेका छन् ।

एलन मस्कले यदि यी सबै अनुदान नपाएका भए उनी कम्पनी बन्द गरेर दक्षिण अफ्रिका फर्किनु पर्ने अवस्था आउने तिखो टिप्पणी पनि गरेका छन् ।

‘अब यदि स्पेसएक्सका रकेट, टेस्लाका गाडी र अन्य परियोजनामा अनुदान रोकिने हो भने, अमेरिकाले आफ्नो राज्यकोषमा अर्बौँ डलर जोगाउन सक्छ’, उनले भनेका छन् ।

हाल अमेरिकामा संघीय बजेट र खर्च विधेयकसम्बन्धी विवाद चर्किँदै गएको छ । यही विधेयकको प्रावधानलाई लिएर ट्रम्पको आलोचना गर्दै मस्कले सहयात्रा तोडेका थिए ।

ट्रम्पले मस्क जस्ता ठूला निजी उद्यमीहरूलाई राज्यले निरन्तर अनुदान दिइरहनु उपयुक्त नहुने तर्क पनि गरेका छन्।

मस्ककै लागि स्थापित एउटा संगठनको नाम लिएर ट्रम्पले व्यङ्ग्यात्मक शैलीमा भने, ‘सायद अब हामीले डोजलाई यो अनुदान प्रणाली फेरबदल गर्न लगाउनुपर्छ ।’

उता एलन मस्क, उनको कम्पनी टेस्ला, स्पेसएक्स र अन्य सम्बन्धित पक्षले यस विषयमा कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन्।

यसअघिबाटै ट्रम्पले जलवायु नीति, इलेक्ट्रिक सवारीको प्रवर्द्धन र हरित अर्थतन्त्रमा गरिएको खर्चको आलोचना गर्दै आएका छन्।

अहिलेको यो टिप्पणीले सन् २०२४ को राष्ट्रपति निर्वाचनको सन्दर्भमा निजी उद्योग र सरकारी खर्चबीचको बहसलाई अझ चर्काउने देखिएको छ । यसमा एलन मस्कले गम्भीर असहमति व्यक्त गरिसकेका छन् ।

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  २ : ३७ बजे

इरानमा फसेका विद्यार्थीहरूलाई बाहिरिन अनुमति

एजेन्सी– पश्चिम एसिया क्षेत्रमा तनाव बढ्दै जाँदा इरानमा फसेका भारतीयसहितका

रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना

रामेछाप – रामेछाप नगरपालिका–२ देउराली स्वामिडाँडामा चुनावका लागि मतपेटिकासहितको सामग्री

मध्यपूर्व तनावमा संयम अपनाउन आईएईएको आग्रह

एजेन्सी– इरानमा अमेरिका–इजरायल आक्रमण र त्यसपछिका जबाफी क्षेप्यास्त्र प्रहारबीच अन्तर्राष्ट्रिय

भारत–क्यानाडा व्यापार ५० अर्ब डलर लक्ष्य

एजेन्सी– भारत र क्यानाडाले सन् २०३० सम्म द्विपक्षीय व्यापार ५०

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट तीन जना पक्राउ

काठमाडौं– झापाको गौरीगंज गाउँपालिका-२ बाहुन टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४