काजोलको स्पष्टीकरण- शाहरुख र मेरो केमेस्ट्रीसँग अजय ‘जेलस’ छैनन् « Khabarhub

काजोलको स्पष्टीकरण- शाहरुख र मेरो केमेस्ट्रीसँग अजय ‘जेलस’ छैनन्


१७ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलिउड नायिका काजोलले आफ्ना श्रीमान् अजय देवगन र शाहरुखबीचको सम्बन्धका बारेमा खुलेर कुरा गरेकी छन् ।

यी दुईको सम्बन्ध सुमधुर रहेको र एक अर्कालाई सम्मानपूर्वक व्यवहार गर्ने गरेको काजोलले बताइन् ।

काजोल र शाहरुखको रिल जोडी दर्शकले निकै मन पराउँछन् । यो रिल जोडीलाई आदर्श मान्ने पनि छन् ।

तर, अजय भने ‘शाहरुख र काजोलको रिल जोडी राम्रो देखिन्छ’ भन्ने प्रतिक्रियासँग सन्तुष्ट देखिँदैनन् । सार्वजनिक कार्यक्रममै यस्तो प्रतिक्रिया दिने केही पत्रकार र दर्शकसँग अजय आक्रोशित बनेको विगत पनि छ ।

सोहीकारण अजयले शाहरुखको इर्ष्या गर्छन् भन्ने भाष्य पनि निर्माण भएको छ । यसबारेमा भारतीय मिडिया ‘टाइम्स नाउ’सँगको अन्तर्वार्तामा काजोलले खुलेर बोलेकी हुन् ।

उनले अजय र शाहरुखबीचको सम्बन्धबारे गलत अफवाह फैलिएको दाबी गरिन् ।

उनले भनिन्, ‘उनीहरुबीच दुस्मनी छैन । उनीहरु साथी पनि नहुन सक्छन् तर एक अर्कालाई सम्मान गर्छन् ।’

तथापि काजोलको जवाफले पनि शाहरुख र अजयको सम्बन्ध सामान्य नरहेको संकेत गर्छ ।

अहिले अजयको र काजोलको सम्बन्ध पनि सुमधुर नरहेको चर्चा हुने गर्छ । नायिका तब्बुसँग अजयको निकटताले सम्बन्ध बिग्रिएको भन्ने गसिप छ ।

काजोलले श्रीमानसँग सम्बन्ध बिग्रने गरी कुनै विषयमा मनमुटाव नभएको दाबी गरिन् ।

भनिन्, ‘हामीले बुझेका छौं– सबै कुरा मिलाएर अगाडि बढ्नुपर्छ । उहाँका साथीहरु हुनसक्छन् । मेरा पनि साथी छन् । त्यहाँ कुनै असहजता छैन । हामी एक अर्काको स्वतन्त्रता र रोजाइको सम्मान गर्छौं ।’

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  ५ : १६ बजे

गण्डकीमा अनलाइनबाटै प्रसारण संस्थाको दर्ता र नवीकरण

गण्डकी– प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीले अनलाइनबाट प्रसारण संस्थाको दर्ता तथा

फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

म्याग्दी- म्याग्दीमा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य फेरिन थालेको छ।

पर्यटकीयस्थलमा विद्युत सुविधा विस्तार

म्याग्दी– अन्नपूर्ण गाउँपालिका– ८ स्थित पर्यटकीयस्थल आलडाँडामा केन्द्रीय प्रसारण लाइनको

जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा दिइने

काठमाडौँ– सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम

राज कपूरसँग चर्चा चलिरहँदा वैजयन्तीमालाकाे अर्कै व्यक्तिसँग प्रेम

एकातिर भारतीय सिनेमाकी पहिलो महिला सुपरस्टारको चमक, अर्कोतिर राज कपूरसँग