बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ  « Khabarhub

बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ 


१७ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


504
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि बुल्गेरिया लैजाने भन्दै लामो समयसम्म झुक्याएर सम्पर्कविहीन भएको आरोपमा एक जना महिला पक्राउ परेकी छन् । 

पक्राउ पर्नेमा स्याङजा घर भई सुर्यविनायक बस्ने ५१ वर्षीया कमला कुमारी केसी रहेकी छन् । 

उनलाई दुई जनाबाट छ लाख ७५ हजार रुपैयाँ लिएको भनी पीडितहरूले दिएको जाहेरी अनुसार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटेको प्रहरी टोलीले सुर्यविनायकबाट पक्राउ गरेको हो । 

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  ६ : ३४ बजे

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा