इरानले भन्यो – अमेरिकासँग वार्ताबारे निर्णय गर्न समय लाग्छ « Khabarhub

इरानले भन्यो – अमेरिकासँग वार्ताबारे निर्णय गर्न समय लाग्छ


१७ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – इरानका विदेशमन्त्री सैयद अब्बास आराघचीले संयुक्त राज्य अमेरिकासँग वार्ता पुनः सुरु गर्ने विषयमा देशले निर्णय लिन अझै केही समय लाग्ने बताएका छन्‌ ।

सो कुरा उनले तेहरानस्थित एक अन्तर्वार्ताका क्रममा अमेरिकी सञ्चारमाध्यम ‘सीबीएस न्यूज’ लाई दिएको अभिव्यक्तिमा उल्लेख गरिएको छ । उक्त अन्तर्वार्ता सोमबार सार्वजनिक गरिएको हो ।

हालैका दिनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ता चाँडै सुरु हुन सक्ने दाबी गरे पनि विदेशमन्त्री आराघचीले त्यो सम्भावना तुरुन्त सम्भव नहुने धारणा राखे ।

उहाँले भने, ‘हामी वार्तामा फर्कन चाहन्छौँ, तर त्यसअघि यो सुनिश्चित गर्न आवश्यक छ कि वार्ताको समयमा अमेरिकाले फेरि सैन्य हमला गर्ने बाटो नअपनाओस् ।’

उनले थप भने, ‘यी सबै पक्षलाई विचार गर्दा, हामीलाई अझै केही समय चाहिन्छ । तर, कूटनीतिक वार्ताका ढोका कहिल्यै पूर्ण रूपमा बन्द हुँदैनन् ।’

जुन २२ मा अमेरिकाले नतान्ज, फोर्दो र इस्फाहानस्थित इरानी आणविक केन्द्रहरूमा बम आक्रमण गरेको थियो । त्यसको प्रत्युत्तरमा इरानले कतारस्थित अमेरिकी ‘अल उदैद’ हवाई अड्डामा प्रहार गरेको थियो ।

यो आक्रमण सन् २०२५ जुन १३ मा इजरायलले इरानका केही सहरहरूमा एकतर्फी हवाई आक्रमण गरेपछि सुरु भएको संघर्षको बीचमा भएको थियो । दुवै देशबीच अन्ततः जुन २४ मा युद्धविराम घोषणा गरिएको थियो ।

उक्त घटनाहरूको केही दिनअगावै, इरान र अमेरिकाबीचको आणविक कार्यक्रमसम्बन्धी अप्रत्यक्ष वार्ताको छैठौं चरण ओमानको राजधानी मुस्कटमा जुन १५ मा हुने तय गरिएको थियो । तर, संघर्षका कारण वार्ता स्थगित भएको थियो ।

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  ८ : ३९ बजे

संविधान संशोधन कार्यदलमा प्रतिनिधि पठाउनुअघि कांग्रेसले खोज्यो सरकारको जवाफ

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संविधान संशोधन बहसपत्र तयार गर्ने

मुस्ताङमा सातौँ पटक हिमपात

मुस्ताङ– मुस्ताङमा सातौँ पटक फेरि हिमपात भएको छ । आज

कपास प्रशोधन उद्योगमा आगलागी हुँदा लाखौँको क्षति

बिर्तामोड– अर्जुनधारा नगरपालिका–११, बुट्टाबारीस्थित कपास प्रशोधन उद्योगमा आज आगलागी हुँदा

प्रधानमन्त्रीले राजदूतहरूसँग भने : विश्वमा जारी द्वन्द्व रोकिनुपर्छ, शान्ति हाम्रो साझा चासो हो

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले नेपालस्थित विभिन्न कूटनीतिक नियोगका राजदूत तथा

एनसेलको अनलिमिटेड इन्टरनेट र डेटा प्याकको शुल्क ६५ प्रतिशतले घट्यो, अब ६९९ मा नै पाइने 

काठमाडौं– एनसेलले कल र इन्टरनेट सेवाको शुल्क घटाउँदै अनलिमिटेड कम्बो प्याक