इरानले भन्यो - अमेरिकासँग वार्ताबारे निर्णय गर्न समय लाग्छ | Khabarhub Khabarhub

इरानले भन्यो – अमेरिकासँग वार्ताबारे निर्णय गर्न समय लाग्छ


१७ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – इरानका विदेशमन्त्री सैयद अब्बास आराघचीले संयुक्त राज्य अमेरिकासँग वार्ता पुनः सुरु गर्ने विषयमा देशले निर्णय लिन अझै केही समय लाग्ने बताएका छन्‌ ।

सो कुरा उनले तेहरानस्थित एक अन्तर्वार्ताका क्रममा अमेरिकी सञ्चारमाध्यम ‘सीबीएस न्यूज’ लाई दिएको अभिव्यक्तिमा उल्लेख गरिएको छ । उक्त अन्तर्वार्ता सोमबार सार्वजनिक गरिएको हो ।

हालैका दिनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ता चाँडै सुरु हुन सक्ने दाबी गरे पनि विदेशमन्त्री आराघचीले त्यो सम्भावना तुरुन्त सम्भव नहुने धारणा राखे ।

उहाँले भने, ‘हामी वार्तामा फर्कन चाहन्छौँ, तर त्यसअघि यो सुनिश्चित गर्न आवश्यक छ कि वार्ताको समयमा अमेरिकाले फेरि सैन्य हमला गर्ने बाटो नअपनाओस् ।’

उनले थप भने, ‘यी सबै पक्षलाई विचार गर्दा, हामीलाई अझै केही समय चाहिन्छ । तर, कूटनीतिक वार्ताका ढोका कहिल्यै पूर्ण रूपमा बन्द हुँदैनन् ।’

जुन २२ मा अमेरिकाले नतान्ज, फोर्दो र इस्फाहानस्थित इरानी आणविक केन्द्रहरूमा बम आक्रमण गरेको थियो । त्यसको प्रत्युत्तरमा इरानले कतारस्थित अमेरिकी ‘अल उदैद’ हवाई अड्डामा प्रहार गरेको थियो ।

यो आक्रमण सन् २०२५ जुन १३ मा इजरायलले इरानका केही सहरहरूमा एकतर्फी हवाई आक्रमण गरेपछि सुरु भएको संघर्षको बीचमा भएको थियो । दुवै देशबीच अन्ततः जुन २४ मा युद्धविराम घोषणा गरिएको थियो ।

उक्त घटनाहरूको केही दिनअगावै, इरान र अमेरिकाबीचको आणविक कार्यक्रमसम्बन्धी अप्रत्यक्ष वार्ताको छैठौं चरण ओमानको राजधानी मुस्कटमा जुन १५ मा हुने तय गरिएको थियो । तर, संघर्षका कारण वार्ता स्थगित भएको थियो ।

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  ८ : ३९ बजे

११ अंकले घट्यो नेप्से, १६५ वटा कम्पनीको सेयर मूल्यमा गिरावट

काठमाडौं– बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.२९ अंकले घटेको छ

राहदानीको विषय समाधान उन्मुख छ : परराष्ट्र मन्त्रालय

काठमाडौं– परराष्ट्र मन्त्रालयले हाल सेवाग्राहीको उच्च मागअनुसार राहदानी पुस्तिका केही

नवनियुक्त प्रमुख कार्यकारी अधिकृत शाक्यले गरे पदभार ग्रहण  

काठमाडौं– एनआईसी एशिया बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत सुजित

‘सुशासनसहित निर्वाचन लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाइने छ’

जनकपुरधाम– जिल्ला प्रशासन कार्यालय, धनुषाले आगामी फागुन २१ गते हुने

पहाडको फेदीबाट हेर्दा अनौठो ‘स्काई केभ’

म्याग्दी–  सुख्खा पहाडको टुप्पोमा टाढैदेखि देखिने गोलो आकारको प्वाल ।