शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ? « Khabarhub

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?


१६ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १३९ रुपियाँ ८६ पैसा र बिक्री दर १४० रुपियाँ ४६ पैसा निर्धारण गरिएको छ।

युरोपियन युरो एकको खरिददर १५९ रुपियाँ ९९ पैसा र बिक्रीदर १६० रुपियाँ ६८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपियाँ ९९ पैसा र बिक्रीदर १८५ रुपियाँ ७८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७२ रुपियाँ ०६ पैसा र बिक्रीदर १७२ रुपियाँ ८० पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपियाँ १० पैसा र बिक्रीदर ९० रुपियाँ ४९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपियाँ ०४ पैसा र बिक्रीदर १०१ रुपियाँ ४७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपियाँ ८० पैसा र बिक्रीदर १०८ रुपियाँ २६ पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ३२ पैसा र बिक्रीदर नौ रुपियाँ ३६ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ४४ पैसा र बिक्रीदर १९ रुपियाँ ५२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ २८ पैसा र बिक्रीदर ३७ रुपियाँ ४४ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ ३७ पैसा र बिक्रीदर ३८ रुपियाँ ५३ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ २८ पैसा र बिक्रीदर चार रुपियाँ ३० पैसा, युएई दिराम एकको खरिददर ३८ रुपियाँ ०८ पैसा र बिक्रीदर ३८ रुपियाँ २४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपियाँ ७९ पैसा र बिक्रीदर ३२ रुपियाँ ९३ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ ०३ पैसा र बिक्रीदर १० रुपियाँ ०७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ३४ पैसा र बिक्रीदर १४ रुपियाँ ४० पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ४४ पैसा र बिक्रीदर २१ रुपियाँ ५३ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ८२ पैसा र बिक्रीदर १७ रुपियाँ ८९ पैसा, कुवेती दिनार एकको खरिददर ४५७ रुपियाँ १८ पैसा र बिक्रीदर ४५९ रुपियाँ १४ पैसा, बहराइन दिनार एकको खरिददर ३७० रुपियाँ ९८ पैसा र बिक्रीदर ३७२ रुपियाँ ५७ पैसा, ओमनी रियाल एकको खरिददर ३६३ रुपियाँ २६ पैसा र बिक्रीदर ३६४ रुपियाँ ८२ पैसा रहेको छ।

भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ। राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार  ५ : ३७ बजे

सुनबरा नदीमा डुबेर बालिकाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका १० वर्षीया बालिका सञ्जु

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने

काठमाडौं – नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि

निर्वाचन क्षेत्रका नागरिकका समस्या बुझ्दै गृहमन्त्री

गण्डकी – गृहमन्त्री सुधन गुरुङ नागरिकका समस्या र गुनासा बुझ्न

धवलागिरिको घुम्ती शिविरबाट ६ सय जना लाभान्वित

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गरेर ६००