क्यानडालाई ३५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा « Khabarhub

क्यानडालाई ३५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा


१६ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाको सामानमा ३५ प्रतिशत करको घोषणा गरेका छन्। यसअघि २५ प्रतिशत करको घोषणा गरेका ट्रम्पले १ अगस्टदेखि लागु हुने गरी थप करको घोषणा गरेका हुन्।

ह्वाइट हाउसले दर्जनौँ देशमा नयाँ करको घोषणा गरेको छ। यस अघि ट्रम्पले अप्रिल महिनामा नै धेरै देशको सामानमा थप करको घोषणा गर्दै हलचल मच्चाएका थिए। चर्को करको घोषणापछि विभिन्न देशले अमेरिकासँग वार्ता गर्दै राष्ट्रपति ट्रम्प यो घोषणाबाट टाढा भएका थिए। यसरी अमेरिकासँग व्यापारिक सम्झौता गर्नेमा युरोपेली युनियन र बेलायतसम्म रहे।

संसारका धेरै देशका नेताहरूले अमेरिकासँगको वार्ताको विषयमा जानकारी दिन थालेका छन्। स्विजरल्यान्डकी राष्ट्रपति कारिन केजन सटरले करको विषयमा अमेरिकासँग कुनै सहमति र वार्ता नभएको जानकारी दिएकी छिन्। उनले सामाजिक सञ्जालमा अन्तिम समयमा ट्रम्पसँग फोन वार्ता भए पनि कुनै सम्झौता नभएको जानकारी दिएकी छिन्। अप्रिल १ को स्वतन्त्रताको दिन ट्रम्पले स्विजरल्यान्डको सामानमा ३१ प्रतिशत करको घोषणा गरेका थिए। यस विषयमा अमेरिकासँग सहमति हुने कुरामा स्विजरल्यान्ड आशावादी रहेको छ।

रुससँग तेल र हतियार खरिद गरेको भन्दै अमेरिकाले भारतीय समानमा २५ प्रतिशत कर लगाएको छ।

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार  ५ : ५५ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन