३० वर्ष फ्रिजमा राखिएको भ्रूणबाट बच्चा जन्मियो « Khabarhub

३० वर्ष फ्रिजमा राखिएको भ्रूणबाट बच्चा जन्मियो


१६ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – अमेरिकाको एक जोडीले ३० वर्ष भन्दा बढी समय फ्रिजमा राखिएको भ्रूणबाट सन्तानलाई जन्म दिएका छन्। ३५ वर्षीय लिन्डसे तथा ३४ वर्षीय टिम पियर्सले छोरा डानियल थियोडर्स पियर्सलाई जन्म दिएका हुन्। सुरक्षित भ्रूणबाट उनीहरुले एमआईटी प्रविधिको सहयोगमा बच्चालाई जन्म दिएका हुन्। यस भन्दा अघि सन् २०२२ मा सन् १९९२ देखि फ्रिजमा राखिएको भ्रूणबाट जुम्ल्याहाको जन्म भएको थियो।

बच्चाको लागि सात वर्ष प्रयास गरेर असफल भएपछि पियर्सले सन् १९९४ देखि राखिएको ६२ वर्षीय लिन्डा अर्चेन्टको भ्रूणलाई स्वीकार गर्ने निर्णय गरेकी हुन्। अर्चेन्टले तत्कालीन श्रीमानसँग मिलेर चार भ्रूण उत्पादन गरेकी थिइन्। एउटा भ्रूणबाट जन्मिएकी छोरी अहिले ३० वर्षकी भइसकेकी छिन्।

अन्य तीन भ्रूण फ्रिजमा नै राखिएको छ। श्रीमानसँग भिन्न भएपछि अर्चेन्टले यसलाई अध्ययन र अनुसन्धानका लागि राख्ने तथा अन्य परिवारका लागि दिने निर्णय गरेकी हुन्। अर्चेन्टले विभिन्न निकाय मार्फत सन्तान नभएका दम्पत्तीलाई सो भ्रूण प्रदान गर्ने निर्णय गरेकी हुन्।

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार  ६ : ४० बजे

चुनाव हारे पनि विष्णु रिमालको ‘कमब्याक’: नीति प्रतिष्ठानको अध्यक्षका रूपमा सचिवालय बैठकमा ‘इन्ट्री’

​काठमाडौँ- नेकपा (एमाले) को एघारौं राष्ट्रिय महाधिवेशनमा पदाधिकारी र केन्द्रीय

भेनेजुएलामाथि अमेरिकी दमनमा सरकारको अभिव्यक्तिप्रति बाबुरामको आपत्ति

काठमाडौँ- पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले भेनेजुएलामाथि अमेरिकी दमनको सन्दर्भमा नेपाल

नदी किनाराको मापदण्डबारे फैसला पुनरावलोकन मुद्दामा सर्वोच्चले झिकायो कागजात

काठमाडौं– सर्वोच्च अदालतले नदी किनारको मापदण्डसम्बन्धी फैसला पुनरावलोकन गर्न माग

सूचना प्रविधि र सामाजिक सञ्जाललाई एमालेले मुख्य हतियार बनाउने

काठमाडौं – नेकपा (एमाले)ले सूचना प्रविधिको प्रयोगलाई पार्टीको अनिवार्य कार्यक्षेत्र

एमालेको ‘प्रतिरोधी’रणनीतिः राष्ट्रिय स्वयंसेवक फोर्स र टोल सुरक्षा समिति बनाउने

​काठमाडौं – पार्टी र नेतृत्व विरुद्ध भइरहेको घेराबन्दी र ‘भदौ