उपनिर्वाचनका लागि दल दर्ताको आह्वान « Khabarhub

उपनिर्वाचनका लागि दल दर्ताको आह्वान


१६ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्वाचन आयोगले आगामी कात्तिक १७ गते रूपन्देही निर्वाचन क्षेत्र नं ३ मा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न सबै राजनीतिक दललाई आह्वान गरेको छ । 

आयोगले आज एक सूचना जारी गर्दै यही साउन २१ देखि २७ गतेसम्म आयोगका केन्द्रीय कार्यालयमा दल दर्ताका लागि निवेदन दिन सकिने जनाएको हो ।

आयोगले यसअघि उपनिर्वाचनका लागि निर्वाचन कार्यतालिका स्वीकृत गरिसकेको छ । आगामी असोज २१ गते बिहान १० देखि ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुने र सोही दिन साँझ उम्मेदवारको सूची प्रकाशन हुनेछ ।

असोज २४ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । कात्तिक १७ गते बिहान ७ देखि अपराह्‍न ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ ।
 
प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ को समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएको व्यक्ति उम्मेदवार हुन नपाउने आयोगले जनाएको छ ।
 

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार  ९ : २८ बजे

पाकिस्तानको एफ १६ लडाकु जहाज खसालेको अफगानिस्तानको दाबी

काबुल- अफगानिस्तानले शुक्रबार अमेरिकामा निर्मित एफ–१६ पाकिस्तानी लडाकु विमान गुमाएको

मधेस प्रदेशमा ४८१ थान इजाजत प्राप्त हतियार बुझाइयो

जनकपुरधाम– प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षितगरी गरिएको सूचनाअनुसार मधेस प्रदेशमा ४८१

मदिरा घोटाला प्रकरणमा अरविन्द केजरीवाल र मनीष सिसोदियालाई सफाइ

नयाँदिल्ली- मदिरा घोटाला प्रकरणमा भारतको राजधानी सहर नयाँ दिल्लीका पूर्वमुख्यमन्त्री

सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– आज स्थानीय बजारमा सुनको मूल्यमा केही कमी आएको छ

कालिका मन्दिरमा ‘चैतेदसैँ मेला’ को तयारी

गलकोट– नेपालकै पुरानो मेला मध्येको एक चैतेदसैँको तयारी थालिएको छ