अमेरिकी कर दक्षिण एसियामा भारतलाई सबैभन्दा महंगो, पाकिस्तानलाई सबैभन्दा सस्तो  « Khabarhub

अमेरिकी कर दक्षिण एसियामा भारतलाई सबैभन्दा महंगो, पाकिस्तानलाई सबैभन्दा सस्तो 


१६ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


732
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प एकपछि अर्को गरी विभिन्न मुलुकमाथि लगाइने करको दर घोषणा गर्दै गएका छन् । जसअन्तर्गत उनले दक्षिण एसियाली मुलुकहरू माथि पनि करको दर तय गरेका छन् । 

अमेरिकाले अहिलेसम्म दक्षिण एसियाका सात मध्ये चार देशमाथि करको दायरा तय गरिसकेको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले फरक–फरक मितिमा दक्षिण एसियाका भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकामाथि लगाइने करको घोषणा गरेका हुन् ।

उनले दक्षिण एसियामा सबैभन्दा बढी भारत र सबैभन्दा कम पाकिस्तानमाथि कर लगाएका छन् । ट्रम्पले भारतमाथि २५ प्रतिशत र पाकिस्तानमाथि १९ प्रतिशत कर घोषणा गरेका छन् । 

यस्तै अमेरिकाले बंगलादेश र श्रीलंकामाथि भने समान करको दायरा निश्चित गरेको छ । बीबीसीका अनुसार अमेरिकाले यी दुई मुलुकमाथि २० प्रतिशत कर घोषणा गरेको छ ।

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार  १२ : ०३ बजे

जब कुलमानले उज्यालो नेपालको बैठकमा हात जोड्दै माफी मागे…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भङ्ग गरेको कुलमान घिसिङको

बत्ती जान थालेपछि निर्देशक शाक्यले गरे स्थलगत निरीक्षण

काठमाडौं – पाटन, स्युचाटार, बालाजुलगायत क्षेत्रमा बेलुकाको समयमा दुई दिनदेखि

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

पाल्पा – यहाँको रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत

प्रचण्डले भने : रुकुमपूर्वबाट निर्वाचन लड्ने निश्चित भइसकेको छ

रुकुमपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

एकता तोडिएसँगै उनेपाको अध्यक्ष बने घिसिङ

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा) को केन्द्रीय समिति बैठकले