सिरियाका लागि विद्युत आपूर्ति बढाउन कतारद्वारा योजना विस्तार « Khabarhub

सिरियाका लागि विद्युत आपूर्ति बढाउन कतारद्वारा योजना विस्तार


१६ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– कतारले टर्कीएमार्फत अजरबैजानी ग्यासको डेलिभरीको लागि भुक्तानी गरेर सिरियामा विद्युत आपूर्ति बढाउन आफ्नो योजना विस्तार गर्ने भएको कतार विकास कोषले बिहीबार घोषणा गरेको छ।

सिरियामा लामो समयदेखि विद्युत् कटौतीलाई कम गर्ने उद्देश्यले गरिएको यो वितरणले कतारी योजनाको उत्पादन क्षमता प्रतिदिन ८०० मेगावाट पु¥याउने कतार फन्ड फर डेभलपमेन्टले जनाएको छ ।

सिरियामा १४ वर्ष लामो गृहयुद्धका कारण त्यहाँको विद्युत् पूर्वाधार ध्वस्त भएको छ भने उपभोक्ताले दैनिक २० घण्टासम्म विद्युत् कटौती गरेका छन् ।

कतारी योजनाको पहिलो चरण जोर्डन हुँदै मार्चमा सुरु भएको थियो र दैनिक ४०० मेगावाट बिजुली उपलब्ध गराइएको थियो ।

‘शनिबारदेखि अलेप्पो पावर स्टेशनमा नयाँ आपूर्ति प्राप्त हुनेछ र  विभिन्न शहर र छिमेकमा बिजुली आपूर्ति गरिनेछ,’ कोषले भनेको छ।

लामो समयदेखि राष्ट्रपति रहेका बशर अल असदलाई गत डिसेम्बरमा सत्ताच्युत गरेपछि सिरियामा गठन भएको इस्लामवादी नेतृत्वको अन्तरिम सरकारका प्रमुख विदेशी समर्थकमध्ये कतार र टर्कीए पनि हुन् । 
 

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार  १२ : ३२ बजे

स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह

सुदूरपश्चिम– प्रतिनिधिसभा सदस्य डा. आनन्दबहादुर चन्दले सहिद दशरथ चन्द स्वास्थ्य

बनेपा र धुलिखेलमा सुपथ मूल्य पसल सञ्चालन

काभ्रे– दसैँ, तिहार र छठलगायत चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ

सञ्जालमा चर्चा बटुल्दै आशिष र रचनाको स्वरको ‘चुलबुले नानी’

काठमाडाैँ – गायक आशिष अविरल र गायिका रचना रिमालको स्वरमा

जन्मिदै जालझेल झेलेको कांग्रेस

राजाले संसदीय चुनाव गराउन अलमल गरेपछि बीपी कोइरालालार्ई लाग्यो- राजाको

चितवनका ६ चोकमा ट्राफिक लाइट जडान गरिँदै (तस्बिर)

चितवन– चितवनको मुख्य सहर भरतपुरभित्रका ६ वटा व्यस्त चोकमा सवारी