पेरिसडाँडामा माओवादी स्थायी समिति बैठक (तस्बिरहरू) « Khabarhub

पेरिसडाँडामा माओवादी स्थायी समिति बैठक (तस्बिरहरू)


१६ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक शुक्रबार पेरिसडाँडामा सुरू भएको छ।

यो बैठकमा संगठन निर्माण, कार्यविभाजन, आन्तरिक एकता सुदृढीकरणलगायत एजेन्डामा छलफल हुने उपाध्यक्ष एवम् प्रवक्ता अग्नि सापकोटाले बताए ।

बैठकको सुरूमा अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले वर्तमान परिस्थितिबारे ब्रिफिङ गर्ने तयारी छ ।

त्यसपछि पोखरामा अड्किएको मध्यपहाडी लोकमार्ग अभियानलाई निरन्तरता दिने निर्णय हुनेछ । त्यसैगरि केन्द्रीय समिति बैठकको मिति तय गर्नेलगायत एजेन्डामा छलफल हुने सापकोटाले बताए ।

बैठकमा समाजवादी मोर्चालाई सक्रिय बनाएर त्यसलई विस्तार गर्ने विषयमा पनि छलफल हुने बताइएको छ ।

पार्टीमा उपमहासचिव जनार्दन शर्माले चलाइरहेको अन्तर्संघर्षको विषयमा पनि कुरा हुनेछ ।

अध्यक्ष प्रचण्ड र उपमहासचिव शर्माबीचको अन्तर्संघर्ष सार्वजनिक रूपमै छताछुल्ल भइसकेको छ । अन्तर्संघर्षबारे छलफल गरेर पार्टीको सुदृढ एकताबारे बैठकमा कुरा हुने बताइएको छ।

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार  २ : ०४ बजे

शत्रुलाई ‘झट्का’ दिएको इरानका नयाँ सर्वोच्च नेताको दाबी

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले शुक्रबार अमेरिका र

ग्यारेजबाट मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

ललितपुर – ललितपुरको महालक्ष्मी नगरपालिका-५ टिकाथलीमा ‘बाइबल हस्पिटल’ नामक मोटरसाइकल

हतुवागढीद्वारा हुरीबतासपीडितलाई सय थान त्रिपाल वितरण

भोजपुर – भोजपुरको हतुवागढी गाउँपालिकाले हुरीबतासबाट प्रभावित परिवारलाई राहतस्वरूप एक

हिमपात र वर्षाले माथिल्लो मुस्ताङमा विद्युत् सेवा अवरुद्ध

मुस्ताङ – माथिल्लो मुस्ताङमा आज दिउँसोदेखि विद्युत् सेवा अवरुद्ध भएको

ट्रम्पले भनेः नाटोमा सहभागी देशहरू कायर छन्

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका विषयमा सहयोग