वीरेन्द्रनगरमा ३५० सिसी क्यामेरा जडान गर्न सहमति | Khabarhub Khabarhub

वीरेन्द्रनगरमा ३५० सिसी क्यामेरा जडान गर्न सहमति


१६ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काँक्रेविहार– कर्णाली प्रदेशको राजधानी सुर्खेतमा विभिन्न चोरी तथा अपराधका घटना बढ्न थालेपछि वीरेन्द्रनगर नगरपालिकाको अगुवाइमा ३५० सिसी क्यामेरा जडानको काम सुरु भएको छ । 

वीरेन्द्रनगर नगरपालिकाले सुरक्षाको दृष्टिकोणले संवेदनशील मानिएका क्षेत्रमा सिसी क्यामेरा जडानको प्रक्रिया सुरु गरेसँगै अपराध नियन्त्रण र शान्तिसुरक्षाका क्षेत्रमा प्रहरीलाई काम गर्न सहज हुने भएको छ । 

बिहीबार नगरपालिकाले नगरका विभिन्न क्षेत्रमा ३५५ स्थानमा सिसी क्यामेरा जडानको प्रक्रिया थालेको हो । वीरेन्द्रनगर नगरपालिका, नेपाल टेलिकम प्रादेशिक कार्यालय सुर्खेत र जिल्ला प्रहरी कार्यालयबीच त्रिपक्षीय सम्झौता भएको हो । 

उक्त सम्झौताअनुसार पहिलो चरणमा ६ महिनाभित्र १०५ स्थानमा सिसी क्यामेरा जडान गरी सञ्चालनमा ल्याइने छ । दोस्रो चरणमा सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गर्दै थप २५० स्थानमा आवश्यकताका आधारमा यसै वर्षभित्र सिसी क्यामेरा जडान गरिने नगरप्रमुख मोहनमाया ढकालले जानकारी दिइन् ।

नगरपालिकासँग भएको समझदारीपत्रमा टेलिकमले अप्टिकल फाइबरसहितको सिसी क्यामेरा र ‘वाइफाई हटस्पट’ जडान गर्नुपर्ने छ । 

यस्तै, वीरेन्द्रनगर नगरपालिकालाई डिजिटल पालिकाका रुपमा विकास गर्न नगरपालिका र जिल्ला प्रहरी कार्यालयको सहकार्यमा नगरका विभिन्न क्षेत्र स्थानमा शान्ति सुरक्षा र अमनचैन कायम गर्ने उद्देश्यले विभिन्न वडा, राजमार्ग तथा पर्यटकीयस्थल समेटिने गरी चालु आर्थिक वर्ष २०८२/८३ भित्र ३५५ स्थानमा सिसी क्यामेरा जडान नगरपालिकाबाट हुनेछ । 

यसरी जडान भएका क्यामेरालाई चौबिसै घण्टा सञ्चालनमा ल्याउन टेलिकमले अप्टिकल फाइबरसहितको सेवा दिनुपर्नेछ । 

साथै टेलिकमले हाललाई वीरेन्द्रनगर नगरपालिकाको प्राङ्गण र वडा नं ६ र ८ स्थित घण्टाघरको प्राङ्गण वरिपरिका दुई स्थानमा वाइफाई हटस्पट बनाउन इन्टरनेट जडान गर्नेगरी समझदारीपत्रमा हस्ताक्षर भएको छ । 

नगरका विभिन्न क्षेत्रमा जडान हुने सिसी क्यामेरा सञ्चालन तथा व्यवस्थापन नेपाल टेलिकमले आफ्नै फाइबरमार्फत गर्ने छ भने जिल्ला प्रहरी कार्यालयले चौबिसै घण्टा निगरानी गर्नेछ । 

यस्तै, नगरपालिकाले सञ्चालन, व्यवस्थापन तथा आवश्यक मर्मत सम्भार गर्नेछ । नगरपालिकाले चालु आर्थिक वर्षमा नगर क्षेत्रमा सिसी क्यामेरा जडानका लागि ११ लाख ६९ हजार रुपैयाँ बजेट व्यवस्थापन गरेको छ । 

टेलिकमसँग भएको सम्झौताअनुसार वीरेन्द्रनगरको घण्टाघर र विश्वविद्यालय आसपासको क्षेत्रलाई शान्तिक्षेत्र बनाएर अध्ययन तथा अनुसन्धान स्थल निर्माण गरी प्रविधिमा आधारित सृजनशील तथा नवप्रवद्र्धनात्मक कार्य गर्न निःशुल्क वाइफाइ जडान गर्न लागिएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रमुख सुधीरराज शाहीले नगर क्षेत्रमा जडान गरिने सिसी क्यामेराबाट शान्ति सुरक्षा मजबुद बनाउन सघाउ पुग्ने बताए । रासस

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार  २ : ०२ बजे

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

भोजपुरको खोक्सिकमा केन्द्रीय विद्युतको पहुँच

भोजपुर– भोजपुरको दक्षिणी क्षेत्रमा अवस्थित रामप्रसादराई गाउँपालिका–८ खोक्सिकका ९५ प्रतिशत

गोप्य विवरण सार्वजनिक गर्ने सरकारी अधिकारीलाई बर्खास्त गर्दै ट्रम्प

वाशिङ्टन – अमेरिकाको तथ्यांक विभागका अधिकारी बर्खास्तमा पर्ने भएका छन्

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल साउन १७ गते शनिबार। साउन