गाजास्थित सहायता वितरण स्थलमा अमेरिकी अधिकारी « Khabarhub

गाजास्थित सहायता वितरण स्थलमा अमेरिकी अधिकारी


१६ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मध्यपूर्वका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ दक्षिणी गाजाको रफाहमा रहेको सहायता वितरण स्थलमा पुगेका छन् ।

सहायता वितरक गाजा मानवीय फाउन्डेसनसँग काम गर्ने कम्पनीका निर्देशकलाई उद्धृत गर्दै सीएनएनले जनाएअनुसार बिहीबार ह्वाइट हाउसले विटकफ र इजरायलका लागि अमेरिकी राजदूत माइक हकाबीको गाजा भ्रमणको घोषणा गरेको थियो ।

‘विटकफ र हकाबीले आफ्नो भ्रमण लगत्तै राष्ट्रपतिलाई यस क्षेत्रमा खाद्यान्न र सहायता वितरणको अन्तिम योजना अनुमोदन गर्न जानकारी गराउनेछन्,’ समाचारमा भनिएको छ, ‘संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिले त्यो योजना स्वीकृत र सहमति जनाएपछि ह्वाइट हाउसले थप विवरणहरू प्रदान गर्नेछ ।’

विटकफको यो दोस्रो गाजा भ्रमण हो । ट्रम्पले पदभार ग्रहण गरेको केही समयपछि, विटकफले एन्क्लेभको भ्रमण गरेका थिए । एक दशक भन्दा बढी समयपछि भ्रमण गर्ने उनी अमेरिकी अधिकारी हुन् ।

हमासलाई ‘खराब नियत’ ले वार्ता गरेको आरोप लगाउँदै अमेरिकाले गाजा युद्धविराम वार्ताबाट पछि हटेको एक हप्तापछि विटकफले बिहीबार जेरुसेलममा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँग भेट गरेका थिए ।

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार  २ : ०९ बजे

निर्वाचन आउन ८६ दिन बाँकीः समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाडौं – निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालय

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल मंसिर २३ गते मंगलबार तदनुसार

आज २०८२ साल मंसिर २३ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल मंसिर २३ गते मंगलबार तदनुसार

एमाले महाधिवेशनः प्रतिनिधि विवाद टुङ्गियो

काठमाडौं – नेकपा (एमाले)को आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनको प्रतिनिधि