कांग्रेस र कम्युनिस्टसँग जनता वाक्क भइसके, विकल्प खोज्दैछन् : कमल थापा | Khabarhub Khabarhub

कांग्रेस र कम्युनिस्टसँग जनता वाक्क भइसके, विकल्प खोज्दैछन् : कमल थापा


१६ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपाली राजनीतिलाई व्यापारीकरणसँगै भ्रष्टीकरणतर्फ लगिएको बताएका छन् ।

पार्टीको उपत्यकास्तरीय विस्तारित बैठकलाई शुक्रबार सम्बोधन गर्दै थापाले संघीयता, धर्मनिरपेक्ष गणतन्त्रको मार्गचित्र र विचार असफल भएको बताए ।

यो व्यवस्थाले भ्रष्टाचारलाई संस्थागत गरेको, लाखौँ युवालाई विदेश पलायन हुन बाध्य पारेको, हरेक क्षेत्रमा सीमित दल र नेताको सिन्डिकेट लगाएको उनले बताए ।

धर्म परिवर्तनको डढेलोले धार्मिक सद्भाव विगारेकोसमेत आरोप उनले लगाए । यी घटनाक्रमले यो ब्यवस्थाबाट जनता वाक्क दिक्क भएको थापाले बताए ।

काङ्ग्रेस र कम्युनिस्ट पार्टीप्रति तीव्र वितृष्णा रहेको भन्दै थापाले जनता विकल्पको खोजीमा रहेको टिप्पणी गरे ।

हरेकजसो दिन नयाँ नयाँ भ्रष्टाचार काण्ड भइरहेको, बहालवाला मन्त्रीहरू नै हरेक काण्डमा संलग्न हुनुले यो व्यवस्थाले देश र जनताको हित हुन नसक्ने थापाको टिप्पणी थियो ।

संघीयताले भ्रष्टाचारलाई तल्लो तहसम्म पुर्‍याउनमात्रै भूमिका खेलेको, सत्ता र कुर्सीको फोहरी खेलमा प्रदेश रुमलिएको, राजनीतिलाई स्वार्थकेन्द्रित बनाउँदै व्यापारीकरणतर्फ लगिएकोले मुलुक डरलाग्दो भ्रष्टाचारको चक्रमा फसेको थापाले बताए ।

राप्रपा नेपालले कांग्रेस र कम्युनिस्टको विरोधमात्रै नगरी वैचारिक विकल्प दिइरहेको थापाको टिप्पणी थियो । विस्तारित बैठकले क्षेत्रीयस्तरमा उपत्यकाब्यापी प्रशिक्षण सञ्चालन गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार  ४ : १७ बजे

पूर्वाधारबिनै इम्बोस्ड नम्बर प्लेटमा सरकारको बलजफ्ती

काठमाडौँ– आगामी असोज १ गतेदेखि देशभरका सवारीसाधनहरुमा उच्च सुरक्षा प्रणालीसहितको

सङ्घीयतालाई वित्तीय र प्रशासनिक रुपमा प्रभावकारी बनाउनुपर्छ : गगन थापा

पाटन – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई वित्तीय र

टिपर पल्टिएर तमोरमा खस्दा एकजना बेपत्ता

ताप्लेजुङ– यहाँको फक्ताङलुङ गाउँपालिका–६ लेलेपमा आज दिउँसो टिपर पल्टिएर तमोर

इम्बोस्ड नम्बर प्लेटबारे महासंघले भन्यो- सरकारी निर्णयको विरोधमा उत्रिनू

काठमाडौं– नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघले इम्बोस्ड नम्बर अनिवार्य गर्ने

विदेशमा तीज मनाउन कलाकारको दौडधूप

काठमाडौं – चाहे तीज होस् या दशैं, चाडबाड नजिकिएपछि कलाकारहरुको