कांग्रेस र कम्युनिस्टसँग जनता वाक्क भइसके, विकल्प खोज्दैछन् : कमल थापा « Khabarhub

कांग्रेस र कम्युनिस्टसँग जनता वाक्क भइसके, विकल्प खोज्दैछन् : कमल थापा


१६ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपाली राजनीतिलाई व्यापारीकरणसँगै भ्रष्टीकरणतर्फ लगिएको बताएका छन् ।

पार्टीको उपत्यकास्तरीय विस्तारित बैठकलाई शुक्रबार सम्बोधन गर्दै थापाले संघीयता, धर्मनिरपेक्ष गणतन्त्रको मार्गचित्र र विचार असफल भएको बताए ।

यो व्यवस्थाले भ्रष्टाचारलाई संस्थागत गरेको, लाखौँ युवालाई विदेश पलायन हुन बाध्य पारेको, हरेक क्षेत्रमा सीमित दल र नेताको सिन्डिकेट लगाएको उनले बताए ।

धर्म परिवर्तनको डढेलोले धार्मिक सद्भाव विगारेकोसमेत आरोप उनले लगाए । यी घटनाक्रमले यो ब्यवस्थाबाट जनता वाक्क दिक्क भएको थापाले बताए ।

काङ्ग्रेस र कम्युनिस्ट पार्टीप्रति तीव्र वितृष्णा रहेको भन्दै थापाले जनता विकल्पको खोजीमा रहेको टिप्पणी गरे ।

हरेकजसो दिन नयाँ नयाँ भ्रष्टाचार काण्ड भइरहेको, बहालवाला मन्त्रीहरू नै हरेक काण्डमा संलग्न हुनुले यो व्यवस्थाले देश र जनताको हित हुन नसक्ने थापाको टिप्पणी थियो ।

संघीयताले भ्रष्टाचारलाई तल्लो तहसम्म पुर्‍याउनमात्रै भूमिका खेलेको, सत्ता र कुर्सीको फोहरी खेलमा प्रदेश रुमलिएको, राजनीतिलाई स्वार्थकेन्द्रित बनाउँदै व्यापारीकरणतर्फ लगिएकोले मुलुक डरलाग्दो भ्रष्टाचारको चक्रमा फसेको थापाले बताए ।

राप्रपा नेपालले कांग्रेस र कम्युनिस्टको विरोधमात्रै नगरी वैचारिक विकल्प दिइरहेको थापाको टिप्पणी थियो । विस्तारित बैठकले क्षेत्रीयस्तरमा उपत्यकाब्यापी प्रशिक्षण सञ्चालन गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार  ४ : १७ बजे

शत्रुलाई ‘झट्का’ दिएको इरानका नयाँ सर्वोच्च नेताको दाबी

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले शुक्रबार अमेरिका र

ग्यारेजबाट मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

ललितपुर – ललितपुरको महालक्ष्मी नगरपालिका-५ टिकाथलीमा ‘बाइबल हस्पिटल’ नामक मोटरसाइकल

हतुवागढीद्वारा हुरीबतासपीडितलाई सय थान त्रिपाल वितरण

भोजपुर – भोजपुरको हतुवागढी गाउँपालिकाले हुरीबतासबाट प्रभावित परिवारलाई राहतस्वरूप एक

हिमपात र वर्षाले माथिल्लो मुस्ताङमा विद्युत् सेवा अवरुद्ध

मुस्ताङ – माथिल्लो मुस्ताङमा आज दिउँसोदेखि विद्युत् सेवा अवरुद्ध भएको

ट्रम्पले भनेः नाटोमा सहभागी देशहरू कायर छन्

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका विषयमा सहयोग