आँखा उपचार केन्द्र निर्माणका लागि आर्थिक सहयोग सङ्कलन | Khabarhub Khabarhub

आँखा उपचार केन्द्र निर्माणका लागि आर्थिक सहयोग सङ्कलन


१६ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

त्रिवेणी– आँखा उपचार केन्द्र सल्ले रुकुम पश्चिमको भवन निर्माणका लागि जग्गा खरिद गर्न पाँच लाख ७१ हजार ९४९ ?रुपैयाँ सङ्कलन गरिएको छ । रुकुम सर्जिकल आँखा उपचार केन्द्रले जग्गा खरिदका लागि सहयोग आह्वान गरेको थियो । 

सोही आह्वानअनुसार नेत्र ज्योति सङ्घ जिल्ला शाखा रुकुम पश्चिमको खातामा उक्त रकम जम्मा भएको आँखा सर्जिकल सेन्टर प्रमुख धनबहादुर केसीले जानकारी दिए ।  देश तथा देशबाहिर बस्ने ३४ जना व्यक्तिले सहयोग गरेको उनले बताए । 

केसीका अनुसार भवन निर्माणका लागि मुसिकोट–१ सल्लेमा ५९७ वर्गमिटर जग्गा बैङ्कबाट ‘लोन’ लिएर खरिद भइसकेको छ । जग्गा खरिद तथा आवश्यक प्रक्रियामा रु १९ लाख खर्च भएकाले सहयोग आह्वान गरिएको उनले जानकारी दिए । 

भवन निर्माणका लागि भने सहरी विकास मन्त्रालयबाट दुई करोड ८० लाख रुपैयाँ विनियोजन गरिएको र यसबाट साढे तीन तलाको भवन निर्माण हुने आँखा सर्जिकल सेन्टर प्रमुख केसीले बताए ।

भवन निर्माण ठेक्का प्रक्रियामार्फत हुने भएकाले सोहीअनुसार तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ । 

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार  ५ : ०१ बजे

काठमाडौं–तराई ‘फास्ट ट्रयाक’ निर्माण (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय गौरवको आयोजना र रणनीतिक दृष्टिकोणले निकै महत्त्वपूर्ण रहेको

बागलुङका १२५ खानेपानी मुहानमा ‘कोलिफर्म’ भेटियो

बागलुङ– बागलुङका खानेपानीका मुहानमा दिसामा पाइने जीवाणु (कोलिफर्म) भेटिएको छ

रेडक्रसको समस्या समाधान गर्न विधान संशोधन गरिने

काठमाडौं– नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय समितिले संस्थाको वर्तमान समस्या समाधान

माओवादी स्थायी समिति बैठक बस्दै, कसरी प्रस्तुत होलान् उपमहासचिव शर्मा ?

काठमाडौं– नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज (शनिबार) पनि

रोहित र विराटपछि संकटको सामना गर्दै गिल नेतृत्वको भारत

धेरै चोटका कारण स्टार बलर जसप्रित बुमराह विगतको झैँ उपस्थिति