प्रकाश ज्वालाले भने- केपी ओली नेतृत्वको सरकार ध्रुवे हात्ती जस्तै | Khabarhub Khabarhub

प्रकाश ज्वालाले भने- केपी ओली नेतृत्वको सरकार ध्रुवे हात्ती जस्तै


१६ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष प्रकाश ज्वालाले अहिले देशका समस्याको मूल जड सरकार रहेको बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालमा बोल्दै उनले अहिले सरकारले अभिभावकको भूमिका निर्वाह गर्न नसकेको बताएका छन् ।

‘यतिबेलाको समस्याका जड सरकार नै हो । सरकार जनताको अभिभावक हो, अभिभावकको भूमिका उसले निभाउनुपर्छ । तर, यो देशमा सरकार छ भन्ने अनुभूति छैन’, उनले भने, ‘देश अहिले सरकारविहीनजस्तो भएको छ। सरकारले गैरजिम्मेवारीपन देखाएको छ ।’

उनले वर्तमान सरकारलाई ध्रुवे हात्तीको संज्ञा दिए । ‘अहिले दुई ठूला दल मिलेर सरकार बनाएका छन् । म त भन्छु दुई ध्रुवे हात्तीजस्तै । हात्ती मिले पनि बालीको नाश, हात्ती लडे पनि बालीको नाश । अहिले उनीहरू मिलेर बालीको नाश गरिरहेका छन्,’ उनले भने ।

ज्वालाले सरकार जनताप्रति जवाफदेही बन्न नसकेको आरोप लगाए। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्का अधिकांश मन्त्रीहरु भ्रष्टाचारमा मुछिएको पनि उनले बताए ।

प्रधानमन्त्री र मन्त्रीहरू नाङ्गो तरिकाले घुसखोरी, भ्रष्टाचार र अनियमिततामा जोडिएको उनले आरोप लगाए ।

‘सरकार काम कुरा एकतिर, कुम्लो बोकी ठिमीतिर भनेको जस्तै भएको छ । भ्रष्टाचारका ठूला–ठूला काण्ड भइरहेका छन् । अधिकांश मन्त्री विवादमा छन् । भ्रष्टाचार र घुसमा जोडिएका छन् । मन्त्रीहरू नाङ्गो तरिकाले घुखोरी, भ्रष्टाचार, अनियमिततामा जोडिएका छन् । सरकार आफ्नो तालमा मादल बजाइरहेको छ’, उनले भने ।

सरकार बनेको एक वर्ष नाघिसक्दा पनि प्रधानमन्त्री र मन्त्रीले सम्पत्ति विवरण सार्वजनिक नगरेको उनले बताए । प्रधानमन्त्री ओलीको नेतृत्वमा गठित सुशासन समितिलाई ‘कुशासन समिति’ भने ।

‘त्यो सुशासन समिति हो कि कुशासन समिति हो मैले त संसद्मा त्यसको नाम कुशासन समिति राखेको छु । त्यसले कुशासनलाई प्रश्रय दिइरहेको छ,’ उनले भने, ‘घुसखोरहरू छाती खोलेर हिँडिरहेका छन्, भ्रष्टाचारी कहीँकतै डराउनु पर्दैन । भ्रष्टाचारीलाई कारबाही हुँदैन । सरकार जनताप्रति जवाफदेही होइन, दलाल, नोकरशाह, विचौलिया, माफिया, भूमाफिया र तस्करको सेवकका रुपमा रहेको छ।’

उनले प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई ‘तस्करहरू कठपुतलीको’ को संज्ञा दिए । ‘तस्कहरूको कठपुतली सरकार छ । यो सरकार विचौलियाको कठपुतलीजस्तो छ’, उनले भने, ‘यो जनताको सररकार होइन, कठपुतली सरकार हो, माफियाको सरकार हो । यसका धेरै तथ्यहरु, आधार हामीसँग छन् ।’

कांग्रेस–एमाले गठबन्धन बन्दा भएको सहमतिका बुँदामध्येको प्रमुख संविधान संशोधन अहिले बेबारिसे बनेको उनले बताए । उनले वर्तमान सरकारको मुहान नै धमिलो रहेको बताए ।

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार  ४ : ३४ बजे

भारतमा यूपीआईको प्रयोग बढ्दो

काठमाडौं– भारतमा युनिफाइड पेमेन्ट इन्टरफेस (यूपीआई) मार्फत हुने कारोबार ह्वात्तै

पूर्वाधारबिनै इम्बोस्ड नम्बर प्लेटमा सरकारको बलजफ्ती

काठमाडौँ– आगामी असोज १ गतेदेखि देशभरका सवारीसाधनहरुमा उच्च सुरक्षा प्रणालीसहितको

सङ्घीयतालाई वित्तीय र प्रशासनिक रुपमा प्रभावकारी बनाउनुपर्छ : गगन थापा

पाटन – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई वित्तीय र

टिपर पल्टिएर तमोरमा खस्दा एकजना बेपत्ता

ताप्लेजुङ– यहाँको फक्ताङलुङ गाउँपालिका–६ लेलेपमा आज दिउँसो टिपर पल्टिएर तमोर

इम्बोस्ड नम्बर प्लेटबारे महासंघले भन्यो- सरकारी निर्णयको विरोधमा उत्रिनू

काठमाडौं– नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघले इम्बोस्ड नम्बर अनिवार्य गर्ने