प्रकाश ज्वालाले भने- केपी ओली नेतृत्वको सरकार ध्रुवे हात्ती जस्तै « Khabarhub

प्रकाश ज्वालाले भने- केपी ओली नेतृत्वको सरकार ध्रुवे हात्ती जस्तै


१६ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष प्रकाश ज्वालाले अहिले देशका समस्याको मूल जड सरकार रहेको बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालमा बोल्दै उनले अहिले सरकारले अभिभावकको भूमिका निर्वाह गर्न नसकेको बताएका छन् ।

‘यतिबेलाको समस्याका जड सरकार नै हो । सरकार जनताको अभिभावक हो, अभिभावकको भूमिका उसले निभाउनुपर्छ । तर, यो देशमा सरकार छ भन्ने अनुभूति छैन’, उनले भने, ‘देश अहिले सरकारविहीनजस्तो भएको छ। सरकारले गैरजिम्मेवारीपन देखाएको छ ।’

उनले वर्तमान सरकारलाई ध्रुवे हात्तीको संज्ञा दिए । ‘अहिले दुई ठूला दल मिलेर सरकार बनाएका छन् । म त भन्छु दुई ध्रुवे हात्तीजस्तै । हात्ती मिले पनि बालीको नाश, हात्ती लडे पनि बालीको नाश । अहिले उनीहरू मिलेर बालीको नाश गरिरहेका छन्,’ उनले भने ।

ज्वालाले सरकार जनताप्रति जवाफदेही बन्न नसकेको आरोप लगाए। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्का अधिकांश मन्त्रीहरु भ्रष्टाचारमा मुछिएको पनि उनले बताए ।

प्रधानमन्त्री र मन्त्रीहरू नाङ्गो तरिकाले घुसखोरी, भ्रष्टाचार र अनियमिततामा जोडिएको उनले आरोप लगाए ।

‘सरकार काम कुरा एकतिर, कुम्लो बोकी ठिमीतिर भनेको जस्तै भएको छ । भ्रष्टाचारका ठूला–ठूला काण्ड भइरहेका छन् । अधिकांश मन्त्री विवादमा छन् । भ्रष्टाचार र घुसमा जोडिएका छन् । मन्त्रीहरू नाङ्गो तरिकाले घुखोरी, भ्रष्टाचार, अनियमिततामा जोडिएका छन् । सरकार आफ्नो तालमा मादल बजाइरहेको छ’, उनले भने ।

सरकार बनेको एक वर्ष नाघिसक्दा पनि प्रधानमन्त्री र मन्त्रीले सम्पत्ति विवरण सार्वजनिक नगरेको उनले बताए । प्रधानमन्त्री ओलीको नेतृत्वमा गठित सुशासन समितिलाई ‘कुशासन समिति’ भने ।

‘त्यो सुशासन समिति हो कि कुशासन समिति हो मैले त संसद्मा त्यसको नाम कुशासन समिति राखेको छु । त्यसले कुशासनलाई प्रश्रय दिइरहेको छ,’ उनले भने, ‘घुसखोरहरू छाती खोलेर हिँडिरहेका छन्, भ्रष्टाचारी कहीँकतै डराउनु पर्दैन । भ्रष्टाचारीलाई कारबाही हुँदैन । सरकार जनताप्रति जवाफदेही होइन, दलाल, नोकरशाह, विचौलिया, माफिया, भूमाफिया र तस्करको सेवकका रुपमा रहेको छ।’

उनले प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई ‘तस्करहरू कठपुतलीको’ को संज्ञा दिए । ‘तस्कहरूको कठपुतली सरकार छ । यो सरकार विचौलियाको कठपुतलीजस्तो छ’, उनले भने, ‘यो जनताको सररकार होइन, कठपुतली सरकार हो, माफियाको सरकार हो । यसका धेरै तथ्यहरु, आधार हामीसँग छन् ।’

कांग्रेस–एमाले गठबन्धन बन्दा भएको सहमतिका बुँदामध्येको प्रमुख संविधान संशोधन अहिले बेबारिसे बनेको उनले बताए । उनले वर्तमान सरकारको मुहान नै धमिलो रहेको बताए ।

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार  ४ : ३४ बजे

सर्वदलीय बैठक : संयुक्त विज्ञप्ति जारी गर्ने निर्णय

काठमाडौँ – सुनसरीमा उत्पन्न पछिल्लो तनावपूर्ण परिस्थिति र शान्ति-सुरक्षाको अवस्थालाई

‘ट्रेन्ड सेटर’ पनि बन्यो ‘पूर्णबहादुरको सारङ्गी’ !

काठमाडौँ- नेपाली फिल्मका पण्डितहरू पनि फ्लप भइरहन्छन् । फिल्मको तुलनामा

‘साम्प्रदायिक गतिविधिले सबैलाई घाटा हुन्छ’

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले साम्प्रदायिक

कांग्रेसले पार्टीका वरिष्ठ नेता श्रेष्ठको निधनमा तीन दिन शोक मनाउने (तस्बिरहरू)

काठमाडौँ– नेपाली कांग्रेसले पार्टीका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमनत्री गोपालमान श्रेष्ठको

प्रधानमन्त्री र गृहमन्त्री सुनसरी घटनामा गम्भीर भएनन् : भिष्मराज आङ्देम्बे

काठमाडौँ – नेपाली कांग्रेस संसदीय दलका नेता भिष्मराज आङ्देम्बेले सुनसरी