सभापति देउवाको तर्क- कांग्रेसलाई एकढिक्का बनाउन सके ०८४ मा बहुमत आउँछ « Khabarhub

सभापति देउवाको तर्क- कांग्रेसलाई एकढिक्का बनाउन सके ०८४ मा बहुमत आउँछ


१६ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई एकढिक्का भएर अघि बढाउन सके आगामी निर्वाचन कांग्रेसको बहुमत आउन सक्ने बताएका छन् ।

कांग्रेस थारु विभागले शुक्रबार पार्टी कार्यालय सानेपामा आयोजना गरेको कार्यक्रममा सभापति देउवाले अहिलेको निर्वाचन प्रणालीका कारण कुनै पार्टीको बहुमत आउन कठिन रहेको बताए ।

उनले पार्टीलाई एकढिक्का भएर अघि बढाउन सके आगामी निर्वाचनमा कांग्रेसको बहुमत आउन सक्ने बताए ।

उनले संविधानमा उल्लेखित समावेशी र समानुपातिक व्यवस्थालाई थप बलियो बनाउँदै राज्यका हरेक निकायमा प्रतिनिधित्व सुनिश्चित गर्न कांग्रेस प्रतिबद्ध रहेको उल्लेख गरे ।

मुलुक संघीय व्यवस्थामा गइसकेपछि कांग्रेसले थारु समूदायको प्रतिनिधित्व हुने गरि लुम्बिनी प्रदेशमा डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्री बनाएको उनले बताए ।

देउवाले पार्टीभित्र पनि समावेशीतालाई उच्च प्राथमिकता दिइएको जिकिर पनि गरेका छन् ।

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार  ४ : ५८ बजे

निर्वाचन आउन ८६ दिन बाँकीः समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाडौं – निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालय

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल मंसिर २३ गते मंगलबार तदनुसार

आज २०८२ साल मंसिर २३ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल मंसिर २३ गते मंगलबार तदनुसार

एमाले महाधिवेशनः प्रतिनिधि विवाद टुङ्गियो

काठमाडौं – नेकपा (एमाले)को आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनको प्रतिनिधि